राजेशचन्द्र राजभण्डारी
नेपालमा सबैभन्दा सजिलोसँग पाइने पदबी कुन हो भनेर सोध्ने होभने जो कोहीले पनि सहजै यसको जवाफ दिन सक्छन् । त्यो हो सहिदको मान पदबी अनि १० लाख रकम सहयोग । अहिले देशमा सहिद सप्ताह शुरूवात भएको छ । गाउँ–गाउँदेखि शहरमा जतासुकै सहिद सप्ताह मनाउन भ्याइनभ्याई छ । नेपाल पनि दिनहुँ एउटा न एउटा दिबस परि राखेको हुन्छ । हामी नेपालीले मनाउने दिबसमध्ये सहिद दिबस एउटा महत्वपूर्ण हो । अहिले त सहिद सप्ताह नै भएपछि कुरा बेग्लै छ । साँच्चै सहिदको परिभाषा के हो ? सहिद भन्नाले केलाई जनाउँछ ? किन सहिद भनिन्छ ? भन्नेबारे सरकारलाई थाहा नभएको हो कि ? सरकारले धमाधम सरकारी निकायमा नियुक्ति, सरूवा र बढुवा गरे जस्तो गरि एकैपटक ३ दर्जन नेपाली जनताका छोराछोरीलाई सहिद घोषणा गरेर ठुलो बहादुरीको काम गरेको छ । यस्तो कामको लागि काम चलाउ देउवा सरकारलाई धेरै धेरै धन्यवाद दिनुपर्छ ।
अहिले धर्मभक्त माथेमा, गंगालाल, दशरथ चन्द्र र शुक्रराज शास्त्रीलाई नेपाली जनताले देश जनता र परिवर्तनको लागि हाँसी–हाँसी छातीमा गोली थापेर मृत्युबरण गर्नेलाई अहिलेसम्म तनमनदेखि सहिद मान्दै आएको छ । साँच्चै नेपाली जनताले अरूलाई सहिद भनेर पनि चिनेका छैनन् । अहिले देशमा कति जना सहिद छन् भनेर सोध्ने होभने यसको प्रश्नको जवाफ सरकार संग छैनभने तथ्यांक पनि नै छैन । अहिले त सहिद घोषणा गर्ने होडबाजी नै चलेको छ । सरकारबाट बाहिर निस्कने बेलामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकसाथ चितवनको बाँदरमुढे घटनामा परेकालाई सहिद घोषणा गरेर देखाइ दिनुभएको छ । साँच्चै यो घटनामा परेर मृत्यु हुनुलाई कसैले पनि राम्रो मानेका छैनन् ।
जनयुद्धको समयमा जुन खालको दुःखद घटना घटे यसलाई अझैसम्म पनि राम्रो मानिएको छैन । तर त्यसको मतलब अहिले सरकारले ति घटनामा परेकालाई सहिद घोषणा गरेर अर्को गलत काम गरेको स्पष्ट हुन्छ । हामीले प्रत्येक बर्ष माघ १६ गते सहिद दिबस मनाउन गैरहेका छौ । राजधानीदेखि बाहिर जतासुकै । तर हामीले अहिले के भनेर चित्त बुझाउने न त भनेर साध्य छ । न त अहिले नेपाली जनतालाई बुझाउन नै सकिन्छ । अहिले सहिद दिबस पनि कर्मकाण्डे साबित हुदै गैरहेको छ । आखिर किन के– को लागि मनाउने हामीले सहिद दिबस । हजारौं हजार सहिद घोषणा भएको देशमा कसलाई, कसरी र कुन रूपमा सहिद मान्ने अनि कसरी दिबस मनाउने भन्ने नै अन्यौल छाएको छ । अहिले सरकारले ७ प्रदेश र राजधानी तोके जसरी नेपाल सरकारले घोषणा गरेका सहिदलाई प्रदेश, महानगरपालिका, नगरपालिका र गाउँपालिका अनि सकिन्छ भने वडा समेत छुट्टाउन जरुरी देखिन्छ ।
यस्तो काम गरेमा सबैलाई सहज हुने देखिन्छ । राणा शासनको बिरूद्व लडाइँमा होमिएका सहिदलाई सहिद दिबस मनाएर यतिबेला सम्मान हैन झन् ठूलो अपमान भएको छ । जेसुकै बिषय र घटनामा परेकालाई सहिद घोषणा गर्ने परिपाटी भएको कारणले पनि अहिले जथाभावी रूपमा सरकारले सहिद घोषणा गरेर १० लाख भन्दाबढी रकम दिने काम गरेको छ । यसले समाजमा सकारात्मक भन्दापनि नकारात्मक असर पु¥याउने गरेको छ । के सहिद भनेको दर्जन–दर्जन एकैपटक घोषणा गर्ने बिषय हो कि हैन । मधेसी सहिद, पहाडी सहिद, जनयुद्धका सहिद, सरकारी सहिद, कर्मचारी सहिद, ठेकेदार सहिद र गुण्डा सहिद अनेक थरि सहिद न त भनेर सकिन्छ न त गनेर नै यस्तो अबस्थामा पुगेपछि हामीलाई सहिदको खाँचो हुने कुरा पनि भएन ।
यसरी मनपरि ढंगले जुन सहिद घोषणा गर्दै सरकारी ढिकुटीको रकम बाँड्ने काम हुदैछ अहिले सरकारमा भएका शक्तिबाट यसलाई रोक्न जरुरी छ । साँच्चै सहिद भनेको त्यति सजिलोसँग भइने मान पदबी हैन । यसलाई हलुका रूपमा अहिले जसरी लिने गरिएको छ यसले भबिष्यमा झन् जतिल समस्या ल्याउने देखिन्छ । संसारमा अरूलाई अपमान गरेजस्तो हैन सहिदलाई । साच्चै यस्तो मनपरि ढंगले सरकारी निकायबाट सहिद घोषणा गरिन्छ भन्ने थाहा पाएको भए सायद धर्मभक्त, गंगालाल, दशरथ चन्द्र र शुक्रराज शास्त्रीले राणा शासनको बिरोधमा आफुलाई उभ्याउने पनि थिएनन् होला । अहिले सरकारले गरेको तमासा हेरेर बस्ने इच्छा पनि राख्ने थिएनन् । साँच्चै भन्ने होभने माघ १६ गते हुने सहिद दिबस मनाउन र सार्वजनिक बिदा स्विकार्ने थिएनन् । अहिले त कहिँकेही झगडामा कसैको मृत्यु भयो भने पहिलो माग भनेको मृतकलाई सहिद घोषणा अनि २० लाख क्षतिपूर्तिको माग गर्ने । सबैभन्दा सजिलोसँग कुरा मिल्ने पनि यहीँ कुरामा समस्या सजिलोसँग सल्टिने पनि यति हलुका रूपमा सहिदलाई राखेपछि देशभर सहिदको कमी नै छैन । साँच्चै भन्ने होभने देशमा अहिले सामन्ती राजतन्त्र पनि छैन । देश गणतन्त्रमा प्रबेश गरेको पनि १० बर्ष पुग्न लागिसक्यो । हाम्रो मानसिकता नै सामन्ती छ । हामी आफै परिवर्तन हुन सकेका छैनौ अनि के–को प्रजातन्त्र के–को लोकतन्त्र अनि के–को गणतन्त्र ।
जुनसुकै तन्त्र आएपनि केही हुनेवाला छैन । अहिले जुन किसिमको राजनीति नेपालमा चलिरहेको छ । यसरी नै हामी अघि बढ्दै जाने होभने हाम्रो भबिस्य र हाम्रो सन्ततिको भबिष्य धरापमा पर्ने निश्चित छ । साँच्चै हामीले बर्षमा एकदिन माघ १६ गते सहिद दिबस जुन उत्साह र उमंग साथ मनाउने चलन थियो अहिले भने खाली औपचारिकतामा सिमित हुदै जान थालेको छ । अहिले जे जसरी सहिद घोषणा गरिएका छन् त्यसलाई खारेज गरेर वास्तविक छानबिन गरेर मात्रै यसबारे नयाँ अबधारणा बनाउन जरुरी देखिन्छ । हैनभने नेपालमा जसरी मरेपनि त्यसलाई सहिद घोषणा र २० लाख दिने गर्नु राम्रो हुने देखिन्छ ? हैनभने यस्तो नौटंकी गर्ने काम बन्द गर्नुपर्छ । कतै अझैपनि सहिद घोषणामा तपाईंको नाम छुट्यो कि सरकारलाई दिनुस् । कतै नमर्दै सरकारले सहिद घोषणा गरिहाल्छ कि ? अन्तमा जसले यो देश, नेपाली जनता र परिवर्तनको लागि बलिदानी दिएर सच्चा सहिद भए उनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण ।
Previous Article१५ करोडको लागतमा ‘बन्जीजम्प’
Next Article स्रोत साधन जुटाऔंस्रोत साधन जुटाऔं