वीरगञ्ज, १३ माघ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भारतले नेपालको सीमा मिचेको छैन भन्नेहरुलाई एकपटक पर्साको छप्कैया पुगेर हेर्न सुझाव दिएका छन् । भारतीय पक्षद्वारा नेपालको सीमा मिचिएको छप्कैयाको सिर्सैया खोला पुगेर उनले नयाँ गाडिएका सिमा स्तम्भ सम्बन्धि यथार्थ बुझ्न सरकारी अधिकारीहरुलाई चुनौती दिएका छन् । यसअघि सीमा व्यबस्थापन सम्बन्धि सरकारी निकायले सीमा नमिचिएको दावी गरेको थियो ।
‘वीरगन्जमा सिमा मिचिएको सन्दर्भमा काठमाण्डौंमा बसेर लैनचौर दरवारसँगै वोली मिलाएर दलाली गर्नेहरुले एक पल्ट बिरगन्ज छप्कैयाको सिर्सैया खोला किनार पुगेर नयाँ गाडिएका सिमा स्तम्भ सम्बन्धि यथार्थ बुझुन्’ गुरुङले भने, ‘नेपाल आमाको छातीमाथी विदेशीसँगै परेड खेल्न खोज्नेहरुलाई म कसरी नेपाली भनुँ ?’ यसअघि वामपन्थी दलसंग आवद्ध विद्यार्थी संगठनले पनि स्थलगत निरिक्षणपछि सीमा मिचिएको निश्कर्ष निकालेको थियो ।
कांग्रेस नेता धनराजले भने- ‘लैनचौर दरवारसँग वोली मिलाएर दलाली गर्नेहरु छप्कैया पुगेर हेर’
Previous Articleस्याङ्जामा ५० करोड लागतमा अत्याधुनिक बायोग्यास प्लान्ट
Next Article लेख्नकै लागि पोखरा