स्थानिय तहको चुनाव पछि गाउँगाउँमा अहिले विकासको बहस चल्न थालेको छ । चुनावबाट अनुमोदित जनताका प्रतिनिधिले आफ्नो गाउँलाई कसरी विकासको रोडम्यापमा गुडाउने भनेर योजना बनाएर अघि बढ्न थालेका छन् । जनप्रतिनिधिहरुले गाउँको विकास मात्रै होइन शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सुधार गर्न महत्वपुर्ण कार्य अघि सारेका छन् । कतिपय वडाले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप भत्ता घरआँगनमै पु¥याएका छन्भने स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगोस् भनेर स्वास्थ्य बिमा गर्ने अभियान नै चलाएका छन् । कतिपय वडा तथा गाउँपालिकाले भने गरिबीको चपेटामा गुज्रिरहेकालाई आत्मनिर्भर बनाउनको लागि स्वरोजगारका कार्यक्रम समेत ल्याएका छन् । यातायातको सहज सुविधा नहुँदा गाउँमा उत्पादन भएका तरकारी र दुधले सहज बजार पाओस् भन्ने हेतुले सडकलाई विस्तार गर्ने कार्यक्रम ल्याएका छन्भने जीर्ण बनेका कतिपय सडकको मर्मत गरेका छन् ।
जनप्रतिनिधिले आफ्ना क्षेत्रमा रहेका संभावनालाई मध्यनगर गर्दै विकासे कार्यक्रम ल्याएका छन् । कृषिको क्षेत्रमा संभावना बोकेका क्षेत्रलाई बढी प्राथमिकता दिएका छन् । कतिपय वडा तथा गाउँपालिकाले भने ऐतिहासिक धार्मिक महत्व बोकेका क्षेत्रलाई प्रर्वद्वन गर्ने योजना अघि सारेका छन् । यस्तै आफ्नो गाउँलाई मह उत्पादनको क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले दमेकमा एक घर एक मौरीघार कार्यक्रम ल्याईएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नं २ दमेकमा एक घर एक मौरीघार कार्यक्रम सुरु भएको छ । कृषकलाई मौरीपालन व्यवसायप्रति आर्कषित गराउने उदेश्यले सो कार्यक्रम लागु गरिएको हो । मौरीपालनका लागि उपयुक्त वातावरण वडामा रहेकाले कार्यक्रम लागु गरिएको वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटा बताउँछन् ।
तिन बर्ष भित्रमा वडाका सबै घरलाई अनुदानमा मौरीघार उपलव्ध गराउने गरी वडाले अभियानको सुरु गरेको हो । यस आर्थिक बर्षमा वडाबाट मौरीको घार खरिदका लागि ३ लाख रुपैयाँ बजेट समेत बिनियोजन गरिएको छ । कृषकलाई उत्साहित बनाउँदै ब्यबसायिक मौरीपालन तर्फ आर्कषण बढाउनको लागि लागु गरिएको कार्यक्रम निकै नै प्रशंसनिय छ । यस आर्थिक बर्षको बजेटबाट वडा भित्रका १ सय ५० घरधुरीले मौरीको घार अनुदानमा पाएका छन् । वडाको योजनाअनुसार बजेट आए आगामी तीन बर्षमा सबै घरमा मौरीको घार पुग्ने बताईएको छ । जंगल तथा खेतीयोग्य जमिन प्राप्त भएकाले दमेक मौरीपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । वडाले दिएको प्रोत्साहनको घारलाई कृषकले राम्रो प्रयोग गर्न सके राम्रै आम्दानी हुने गरी महको उत्पादन गर्न सकिन्छ । नमुनाको रुपमा दिएको घारलाई प्रयोग गरेर मौरी उत्पादनमा लाग्न कृषक अग्रसर हुनुपर्छ । मौरीपालनबाट राम्रो आम्दानी गर्न सकिने भएको हुँदा वडा कार्यालयले चलाएको यो अभियानमा कृषकहरु पनि उत्साहित भएर सहभागी हुनुपर्छ । जहाँ जे संभावना छ त्यहाँ त्यसैलाई प्राथमिकता दिनुपर्छ । तब मात्र आफ्नो वडा, गाउँपालिका वा नगरपालिकाको विकास संभव छ । दमेकले सिएको पाठ अन्य वडाले पनि सिक्नुपर्छ ।
Previous Articleसत्ता हस्तान्तरणमा सधैं किन हुन्छ सकस ?
Next Article मकर सक्रान्तिः कसरी मनाउने ?