काठमाडौं, २९ पुस – ३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन्। शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले व्याङ्ग्यात्मक आलोचना गरेका हुन्।
ट्विटरमा प्रचण्डको आलोचना गर्दै बाबुरामले ३० किलो मालाको राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्न लागेको हो भन्दै प्रश्न गरेका हुन्। ‘समृद्धिलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं !’, बाबुरामले भनेका छन्।
प्रचण्डलाई शुक्रवार बेनीमा आयोजित म्याग्दी महोत्सवमा आयोजकले ३० किलोको माला लगाइदिएका थिए ।
बाबुरामको प्रचण्डलाई प्रश्न, ३० किलो मालाको अर्थशास्त्र के हो ?
Previous Articleतेजपत्ताले परिवर्तन गरिदियो गाउँको मुहार
Next Article स्वदेशमा काम माग्दै राष्ट्रिय झण्डा जुलुस