बागलुङ, २९ पुस – प्रधानन्यायाधीसको राजीनामाकाे माग गर्दै अनशन बसेका प्रा.डा. गोविन्द केसीले सरकारसँग पाँच बुँदे सहमति भएपछि शनिवार अनशन तोडेका छन्। सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि डा.केसीले १४ औं चरणको अनशन सुरु गरेका थिए ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै केसी अनसनमा बसेपछि अदालतले मानहानीको मुद्दामा उनलाई गिरफ्तार गराएको थियो। उनको गिरफ्तारीले अन्तर्राष्ट्रिय रुपमै चर्चा बटुलेको थियो । अदालतले सामान्य तारेखमा मुक्त गरेपछि डा. केसीले पुनः अनशन जारी राखेका थिए।
सरकारसँग पाँच बुँदे सहमति भएपश्चात डा. केसीले २५ वर्षदेखि अस्पतालकाे गेटमा जुत्ता सिलाउँदै अाएका नथुनिया माेतीकाे हातबाट जुस पिउँदै अाज बिहान १० बजे अनशन तोडेका हुन्।
जुता सिलाउनेका हातबाट जुस पिउदै अनशन तोडे डा.केसीले
Previous Articleकविता- न्याय मरेको दिन
Next Article तेजपत्ताले परिवर्तन गरिदियो गाउँको मुहार