काठमाडौँ, २६ पुस- त्रिवि शिक्षण अस्पतालपरिसरबाट सोमबार साँझ ८ बजे पक्राउ गरेर डा. गोविन्द केसीलाई सीधै सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तमा लगिएको थियो । चिकित्सक टोली पनि साथैमा थिए । केसीलाई वृत्तको कार्यालय भवनको माथिल्लो कोठामा राखियो, जहाँ व्यवस्थित सुत्ने खाट, ओढ्ने, ओछ्याउने व्यवस्था छ । विगतमा पक्राउ परेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमुखहरूलाई पनि त्यही कोठामा राखिएको थियो ।
एक प्रहरी अधिकारीका अनुसार केसीले प्रहरीसँग केही कुरा गरेनन् । प्रहरीको चिकित्सक टोली केसीको स्वास्थ्य निगरानीका लागि रातभरि वृत्तमै थियो । केसी अनशनमै थिए । प्रहरी अधिकारीले खानपिनबारे सोधे, तर केसीले खान मानेनन् । प्रहरीले पनि कर गरेनन् । ‘हामीले उहाँलाई सोध्यौँ, तर अनशनमै छु भनेपछि कर गर्ने कुरा भएन । उहाँ भोकै सुत्नुभयो,’ एक प्रहरीले भने ।
Previous Article२०७४ पुस २६ गते बुधबारको राशिफल
Next Article दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !