काठमाडौं, १९ पुस – प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार सर्वदलीय बैठक बोलाएका छन् ।
देउवाले संसदमा प्रतिनिधित्व गर्ने ५ दललाई छलफलका लागि सरकारी निवास बालुवाटार बोलाएका हुन् । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने तयारीका बीच देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
सर्वदलीय बैठकमा प्रदेश प्रमुखहरुको नियुक्तिका सम्बन्धमा पनि छलफल हुने छ । सर्वदलीय बैठकमा सहमति भए बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाटै प्रदेश प्रमुख तोक्ने र राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गरिने छ ।
बिहीवार बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ । बैठकमा एमले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेता सहभागी हुनेछन् ।
विहिवार विहानलाई वोलाए प्रम देउवाले सर्वदलिय वैठक
Previous Articleमूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको प्रदर्शन जारी
Next Article सरकारले गर्यो अमेरिकीका लागि भिसा नीति परिवर्तन