बागलुङ, ७ पुस – निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले प्राप्त गरेको मतपरिणाम र सिटसंख्या सार्वजनिक गरेको छ। सिटसंख्या सार्वजनिक गरेसंगै आयोगले समानुपातिक तर्फको नाम पठाउन दलहरुलाई पत्राचारसमेत गरेको छ।
१ नम्बर प्रदेशमा सबैभन्दा बढि नेकपा एमालेले १५ सिट प्राप्त गरेको छ। एमालेपछि नेपाली कांग्रेसले १३, माओवादी केन्द्रले ५, संघीय समाजवादी फोरमले २ र राप्रपाले १ सिट प्राप्त गरेका छन्।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले सबैभन्दा बढि ११ सिट पाएको छ। यस्तै, राजपाले १०, संघीय समाजवादी फोरमले ९, एमालेले ७ र माओवादी केन्द्रले ५ सिट प्राप्त गरेका छन्।
३ नम्बर प्रदेशमा सबैभन्दा बढि एमालेले १६ सिट पाएको छ। दोश्रो स्थानमा नेपाली कांग्रेसले १४, माओवादी केन्द्रले ८, विवेकशील साझाले ३ र राप्रपाले १ सिट प्राप्त गरेका छन्।
४ नम्बर प्रदेशमा एमालेले १० सिट पाएको छ भने नेपाली कांग्रेसले ९ सिट हासिल गरेको छ। यस्तै, माओवादी केन्द्रले ३, नयाँ शक्तिले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएको छ।
प्रदेश नम्बर ५ मा सबैभन्दा बढि नेकपा एमालेले १३, कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २ र राजपाले १ सिट प्राप्त गरेका छन्।
६ नम्बर प्रदेशमा सबैभन्दा बढि एमालेले ६ सांसद पाएको छ भने दोश्रो स्थानमा नेपाली कांग्रेसले ५ सांसद प्राप्त गरेको छ। यस्तै, माओवादी केन्द्रले ४ सांसद पाएको छ।
प्रदेश नम्बर ७ मा एमालेले ८ सिट, नेपाली कांग्रेसले ८ सिट, माओवादी केन्द्रले ४ र राजपाले १ सिट प्राप्त गरेका छन्।