- बागलुङ, २५ मंसिर – प्रतिनिधिसभाको समानुपातिक तर्फको मतगणनामा पनि नेकपा एमालेले अग्रता जारी राखेको छ । निर्वाचन आयोगका अनुसार सोमबार साँझ ६ बजेसम्ममा कुल १५ लाख ३५ हजार ३ सय १२ मत गणना हुँदा एमालेले ५ लाख ६४ हजार ४ सय २९ मत ल्याएर पहिलो स्थान लिएको हो ।
त्यसैगरी नेपाली कांग्रेस ५ लाख ३० हजार ३ सय २४ मत ल्याएको दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्रले २ लाख ४८ हजार ६ सय ६१ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा ३१ हजार ७ सय ९० मत ल्याएर विवेकशी साझा रहेको छ भने राप्रपा पाँचौं, राष्ट्रिय जनता पार्टी छैटौं र संघीय समाजवादी सातौं स्थानमा रहेको छ ।
प्रदेशसभाहरु तर्फको समानुपातिक मतको गणनामा पनि अिधकांशमा एमालेले नै अग्रता लिएको छ । प्रदेश १, ३, ५ र ६ मा एमालेले अग्रता लिएको छ भने प्रदेश ४ र ७ मा कांग्रेसले अग्रता लिएको छ । प्रदेश २ मा भने रावपा अगाडि छ । साझा विवेकशील पार्टीले उपत्यकासमेत रहेको प्रदेश तीनमा उल्लेख्य मत ल्याएपिन अन्य प्रदेशबाट नगन्यमात्र मत पाएका छन् ।
समानुपातिक मतगणना: एमालेकै अग्रता, चौथोमा विवेकशील
Previous Articleमतदाता र प्रम देउवालाई एकैसाथ धन्यवाद दिए प्रचण्डले
Next Article प्रदेश प्रमुख चयनको आधार र औचित्य