काठमाडौं, ६ असोज – अन्तराष्ट्रिय शान्ति दिवश बागलुङमा पनि मनाइएको छ । सेप्टेम्बर २१ को अवसर पारेर यो दिवश मनाउने गरिन्छ । दिवशको अवसरमा स्थानीय शान्ति समितिको अगुवाइमा बागलुङमा शान्ति पदयात्रा तथा प्रभात फेरी आयोजना भएको थियो । उक्त अवसरमा स्थानीय शान्ति समितिका पदाधिकारी, खेलाडी, समाजसेवी, पत्रकार, विद्यार्थी समेतको सहभागिता थियो । उक्त अवसरमा शान्ति समितिका पूर्व संयोजक धनबहादुर परियारले नेपालमा शान्ति दिवशले दिगो शान्तिको माग गरिरहेको बताए । नेपालीले अवदेखि शान्तिका लागि युद्ध गर्न नपर्ने, रगत बगाउन नपर्ने गरी दिगो शान्ति चाहिएको धारणा राखे । सशष्त्र द्वन्द्वपछि नेपाल आर्थिक समृद्धिको बाटोमा हिड्न लागेको भन्दै दिगो शान्तिका लागि राजनीतिक स्थायीत्व समेत आवस्यक भएको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष हरिप्रसाद श्रेष्ठले शान्तिबाट मात्र मानवीय समृद्धि संभव हुने धारणा राखे ।