बागलुङ, २२ मंसिर – राष्ट्रिय जनमोर्चाले प्रदेशसभामा बागलुङबाट खाता खोलेको छ । बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रदेश नं. ख बाट साझा बाम उम्मेदवारका रुपमा रहेका राष्ट्रिय जनमोर्चाका टेकवहादुर घर्ति ११८८४ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका जीत वहादुर शेरचनले ८६२४ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नं. १ प्रदेश ख बाट पनि जनमोर्चाका नै कृष्ण थापा जीतको नजिक रहेका छन ।
राष्ट्रिय जनमोर्चाले प्रदेशसभामा बागलुङबाट खाता खोल्यो
Previous Articleपेट्रोल, डिजेल, ग्यास र हवाई इन्धनको मूल्य वृद्धि
Next Article गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै