बागलुङ, २१ मंसिर – प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले मुस्ताङबाट नै पहिलो खाता खोलेको छ । भरखरै सार्वजानिक गरिएको मतपरिणाम अनुसार मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा साझा वाम उम्मेदवार नेकपा एमालेका प्रेम प्रसाद तुलाचन ३ हजार ५ सय ४४ मत लिएर विजयी भएका छन ।
उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक मोर्चा नेपाली काँग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत प्राप्त गरेका छन । मुस्ताङबाट प्रदेशसभा क मा एमालेका नै इन्द्रधारा विष्ट यसभन्दा अगाडि नै विजयी भएका छन । प्रदेशसभा ख को मतगणना जारी रहेको जोमसोमबाट पत्रकार महासंघका अध्यक्ष सुन्दर थकालीले जानकारी दिए ।
प्रतिनिधीसभामा मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचन विजयी
Previous Articleप्रदेशसभामा मुस्ताङबाट खाता खोल्यो एमालेले
Next Article मुस्ताङमा तीनै क्षेत्रमा वामका उम्मेदवार विजयी