बागलुङ, १४ मंसिर – प्रधानसेनापति राजेन्द्र क्षत्रीले आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन सेनाले आफ्नो जिम्मेबारी सचेत पूर्वक निर्वाह गर्न निर्देशन दिएका छन । उनले निकै सुरक्षा संवेदनशिलता रहेको भनिएको जिल्लाको भ्रमण गर्दै आफ्ना सकलदर्जालाई निर्देशन दिने समयमा यस्ता कुरा बताएका हुन ।
मंसिर २१मा हुन लागेको दोश्रो चरणको निर्वाचनलाई ध्यानमा राख्दै प्रधानसेनापति भारतसँग सीमा जोडिएको जिल्लाको सुरक्षा अवस्था नियाल्न त्यहाँ पुगेका हुन । उनले सिराहा, धनुषा, रौतहट र बारामा निर्वाचनलाई लक्षित गरेर खडा भएका सुरक्षा बेशहरुको निरीक्षण गर्ने क्रममा निर्वाचन सफल बनाउन सेनालाई सरकारबाट आएको जिम्मेवारी निकै सचेत पूर्वक उपयोग गर्ने बताए ।
सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षार्थ निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी क्षत्रीले उक्त सुरक्षा बेशहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत भएका तयारीहरुको बिषयमा जानकारी समेत लिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैबीच प्रधानसेनापति क्षत्रीले सेनाको जिम्मेवारीमा आएको काठमाडौं तराई जोड्ने द्रुतमार्ग निर्माणको लागि बनेको आधार सिविर पनि अवलोकन गरेका छन ।उनले निर्माण कार्यदल गणको मकवानपुर जिल्लाको दोभान र बारा जिल्लाको निजगढमा निमार्ण भएको दुई आधार शिविरको उदघाटन समेत गरे । द्रुतमार्ग निर्माणको लागि १० स्थानमा उक्त आधार शिविर बनिरहेको छ । त्यसमध्ये पाच स्थानमा बनिसकेको छ । बनेका मध्ये तीन स्थानमा उदघाटन समेत भएको हो । यसअघि रथि पूर्णचन्द्र थापाले दक्षिणकालीको मख्खुबेसीमा बनेको यस्तै शिविर उदघाटन गरेका थिए ।
सुरक्षा संवेदनशिल जिल्लामा पुगे प्रधानसेनापति
Previous Article‘फिर्के’ को ट्रेलर सार्वजनिक
Next Article आजभोली किन लगाउदैनन् अध्यक्ष प्रचण्डले माला ?