बागलुङ, १३ मंसिर – सरकारले प्रदेश सरकार गठनका लागि आवश्यक पर्ने प्रदेशको अस्थायी राजधानी निर्धारण, प्रदेशप्रमुख नियुक्ति, प्रदेशको मुख्यसचिव नियुक्ति, प्रदेश सभा सचिवालयको व्यवस्थापन र कर्मचारी व्यवस्थापन गर्न सकेको छैन ।
संविधानअनुसार प्रदेशप्रमुखले प्रदेश सभाको मतपरिणाम आएको २० दिनभित्र बैठक आह्वान गर्नुपर्ने व्यवस्था भए पनि पहिलो चरणको निर्वाचन सम्पन्न हुँदासम्म निर्वाचित प्रदेश सभा सदस्यलाई कसले शपथग्रहण गराउने भन्ने प्रस्ट हुन सकेको छैन । प्रदेश सभा अधिवेशनसमेत कसले कहाँ बोलाउने भन्ने पनि अन्योल छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राईले सबै कामका लागि कार्ययोजना तयार भए पनि राजनीतिक निर्णय नहुँदा काम नभएजस्तो देखिएको बताए । उनका अनुसार प्रधानमन्त्री कार्यालयले कार्ययोजनाको मस्यौदा भने तयार गरेको छ । ‘राजनीतिक निर्णय नहुँदा कार्ययोजनाअनुसार प्रदेशको राजधानी, प्रदेशप्रमुखको नियुक्ति, प्रदेश सभाको सचिवालय, प्रदेशको मुख्यसचिव तथा आवश्यक कर्मचारी व्यवस्थापन हुन सकेको छैन,’ राईले भने ।
Previous Articleमध्य माघ सम्ममा देशले नयाँ सरकार पाउने
Next Article ७ लाखले पाए अध्यापन अनुमतिपत्र