तुफान गौतम
बागलुङ,४ असोज – प्रदेश नंं. ४ को प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा भदौ महिनाको आय ४ लाख रुपैयाँ भएको छ । अध्यक्ष राजु खड्का अनुसार भदौ महिनामा रु ४ लाख ८७ हजार ६ सय ३० रुपैयां संकलन भएको छ ।
भदौ महिनामा संकलित पछिल्लो बिवरण अनुसार १६ गते ६,२२० रुपैयाँ, १७ गते ९,१७० रुपैयाँ, १८ गते १३,३९० रुपैयाँ, १९ गते ७,६९० रुपैयाँ, २० गते ५,९०५रुपैयाँ, २१ गते २३,४१५रुपैयाँ, २२ गते ५,३१५रुपैयाँ र २३ गते ५,६५० रुपैयाँ संकलन भएको छ । त्यसैगरी भदौ २४ गते ६,६८५रुपैयाँ, २५ गते ६५,८८५ रुपैयाँ, २६ गते ८,३७५ रुपैयाँ, २७ गते ९,४९५रुपैयाँ, २८ गते ४५,३७५ रुपैयाँ, २९गते ७,३५५ रुपैयाँ, ३० गते ११,१०० रुपैयाँ र ३१ गते ८,२५० रुपैयाँ संकलन भएको हो ।
भदौ महिनामा संकलित यो रकम गत आबको भदौ महिनको भन्दा ८३ हजार ७ सय ८४ रुपैयाँले बढी हो । गत आ.ब.को भदौ महिनामा जम्मा ४ लाख ३ हजार ८ सय ४६ रुपैयाँ संकलन भएको थियो । भदौ महिनामा खाद्यान्न तर्फ २२ हजार ८ सय ९९ रुपैया तथा अन्य खर्च रु ३ हजार ७ सय ५० गरी जम्मा रु २६ हजार ६ सय ५९ खर्च भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । मन्दिरको आयस्ता संकलनका लागी हाल ६ जना कर्मचारीहरु कार्यरत रहेका छन ।
Previous Articleभारतसंग गरिएका सम्झौताप्रति आपत्ति
Next Article एक वर्षमा साढे तीन लाख सवारी साधन थप