झापा, ९ मंसिर-एमाले अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरबाहिर बम विस्फोट गराइएको छ । शनिबार बिहान साढे ४ बजेतिर बम विस्फोट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विस्फोटबाट कुनै क्षती भने हुन पाएको छैन |
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले घरको गेट बाहिर पनि झोला एउटा झुण्ड्याइएको भेटिएको भन्दै त्यसलाई डिस्पोज गर्न नेपाली सेना पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै उनले कसले कुन के बम विस्फोट गराएको हो भन्ने खुल्न बाँकी रहेको बताए ।
एमाले अध्यक्ष ओली अहिले चुनावी प्रचारका क्रममा विभिन्न जिल्ला दौडाहामा छन् । ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका छन् । कुन बम विस्फोट भएको र कसले गराएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दमकको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
Previous Articleयी हुन् सबैभन्दा बढी कमाउने मोडल
Next Article ९ मंसिर २०७४, ढोरपाटन दैनिक