काठमाण्डौ,१७ कार्तिक– गैरमधेस क्षेत्रमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा वाम(लोकतान्त्रिक गठबन्धन मुख्य प्रतिस्पर्धी देखिएका छन् । तर, प्रदेश नम्बर २ मा भने वाम( कांग्रेसका साथै मधेसकेन्द्रीत दलवीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । विशेष गरी पहाडी जिल्ला र काठमाडौं उपत्यकाका साथै पूर्वीतराई एवं पश्चिमी तराईका जिल्लामा वाम(लोकतान्त्रिक शक्तिवीच दुईपक्षीय भिडन्त हुने देखिएको छ । तर, प्रदेश नम्बर २ का ८ जिल्लाको स्थिति भने दुईपक्षीय नभएर बहुपक्षीय देखिएको छ ।
कांग्रेस र मधेसकेन्द्रित दलवीच किन भएन तालमेल ?
लामो प्रयासका बावजुद पनि नेपाली कांग्रेस राजपा(फोरमसँग चुनावी तालमेल गर्न असफल भएको छ । वाम गठबन्धनबाट दबावमा परेको नेपाली कांग्रेसले प्रदेश नम्बर २ को प्रतिस्पर्धालाई सकेसम्म त्रिपक्षीयबाट दुईपक्षीय बनाउने प्रयास गरेको थियो ।
कांग्रेसले बुधबार राति अबेरसम्म मधेसकेन्द्रित दलहरुसँग सहमतिको प्रयास गरेको थियो । तर, राजेन्द्र महतो र विमलेन्द्र निधिको चुनाव क्षेत्रमा कुरा नमिल्दा सहमति हुन सकेन । राजेन्द्र महतोले लड्न चाहेको निर्वाचन क्षेत्र धनुषा ३ वा सर्लाही ४ नम्बर थियो । तर, राजपा(फोरमसँग तालमेलका लागि वार्ता चलिरहेकै बेला कांग्रेसले धनुषा ३ मा पूर्वगृहमन्त्री विमलेन्द्र निधिलाई टिकट दियो । धनुषा ३ निधिले लगातार चुनाव लड्दै आएको क्षेत्र हो, त्यसैले उनको उम्मेदवारी स्वाभाविकै थियो ।धनुषा ३ विमलेन्द्रले लिएपछि राजपा नेता महतोले सर्लाही क्षेत्र नं। ४ आफूलाई छाड्न आग्रह गरे । तर, कांग्रेस नेतृत्व र निधिले पार्टीका निवर्तमान सांसद अमरेशकुमार सिंहलाई मनाउन सकेनन् । सिंहले अघिल्लो संविधानसभामा सर्लाही ६ मा तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई हराएका थिए । अहिले सो ४ नम्बरमा पर्छ ।
Previous Articleनिर्वाचनले मुलुक समृद्धिको बाटोमा जाने ओलीको भनाइ ।
Next Article कथा :- क्याफे प्रेम