गुल्मी, १३ कार्तिक– गुल्मीदरबार गाउँपालिका ४ विरवासमा माईक्रोबस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। बुटवलबाट गुल्मी आउँदै गरेको बा ४ ख ५५०१ नम्बरको माईक्रोबस दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुराग द्विवेदीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी आठ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको छ। उनले भने,ुबा ४ ख ५५०१ नम्बरको माईक्रोबस दिउँसो दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ। मृतकको पहिचान हुन सकेको छैन।ु बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको हुन सक्ने अनुमान प्रहरीको छ।