भारतले चीन–भुटान सिमा क्षेत्र दोक्लामबाट सोमबार देखि नै आफ्ना सेनालाई फिर्ता गर्ने कार्य शुरु गरेको छ । भुटान–चीन सिमामा भारतले एकाएक आफ्ना सेना खटाएपछि चीन र भारतबीच तनाव बढेको थियो । दोक्लामको विषयलाई लिएर दुई देशबीच चलेको वाकयुद्वले ठूलै रुप लिने सन्त्रास फैलिएको थियो । भारतिय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर दोक्लामबाट आफ्ना सेना फिर्ता गर्ने कार्य शुरु गरेपछि दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको छ । तर, ‘ठुलालाई सक्दिन, सानालाई राख्दिन’ भनेझै नेपाली भू–भागमा भारतले अवैधानिक रुपमा क्याम्प हाउस स्थापना गरी चिनियाँ गतिविधिको जासुस र नेपालको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरिरहेको छ । भारतले साना मुलुकलाई कसरी हेप्छ भन्ने उदाहरण बनेको छ– विरानगर स्थित अवैधानिक रुपमा राखिएको ‘भारतिय क्याम्पस हाउस ।’
नेपालको नयाँ संविधान जारी भएपछि मधेस केन्द्रित दल र जनतालाई उक्साउनमा भारतिय क्याम्पस हाउसले सक्रिय भूमिका खेलेको थियो । मधेसका माग पुरा नभएको भन्दै नयाँ संविधान जलाएर आन्दोलित बनेका दललाई उक्काउने काम गरेको थियो भारतिय क्याम्प हाउसले । यति मात्रै होइन मधेस केन्द्रित दलका नेतालाई बोलाएर क्याम्पले रात्रीभोजसंगै अर्ति उपदेश दिने समेत ग¥यो । नेपालको आन्तरिक मामिलामा धावा बोल्दै आएको दिल्लीले नेपाली भूमीमै क्याम्स हाउस स्थापना गर्दा यसको विरोधमा कुनै राजनीतिक दलका नेताहरुले मुख खोलेका छैनन् । यति मात्रै होइन, परराष्ट्र मन्त्रालयले पत्र नै लेखेर अवैध रुपमा स्थापना गरिएको भारतिय क्याम्प हाउस बन्द गर्न निर्देशन दिँदा समेत भारतीय पक्षले सुनेको नसुनै गरेको छ । पूर्वी नेपालका चिनियाँ नाकाहरुमा जासुसी गर्नेदेखि लिएर नेपालको आन्तरिक राजनीतिक चलखेल गर्दै आएको भारतिय हाउसको बारेमा अहिलेसम्म कोही नबोल्नु दुखद कुरा हो ।
सन् २००८ मा कोशी नदीमा आएको बाढीबाट पूर्वी नेपालका जनताले काठमाडौं आवत–जावत गर्दा केही समयसम्म भारतको बाटो भएर आवत–जावत गर्दा भारतीयले सुनसरीस्थित नेपाली भूमिमा चेकपोष्ट खडा गरेका थिए । कोशी ब्यारेजबाट गाडीहरु चल्न थालेपछि भारतको बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता हटेसंगै भारतिय फर्कनु पथ्र्यो । तर, उनीहरुले बिराटनगर–१७ मा एउटा भवन भाडामा लिएर क्याम्पस हाउस नै चलाएका छन् । तत्कालीन परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठका पालामा दिइएको त्यो निर्देशन भारतले अहिलेसम्म टेरपुच्छर लगाएको छैन । नेपालमा जासुसी र राजनीतिक चलखेल गर्नका लागि भारतले यसरी बिराटनगरमा खडा गरेको अवैधानिक अखडा हटाउनेबारे आफुलाई राष्ट्रवादको हिमायति ठान्ने राजनीतिक दलहरु अब चुप लागेर बस्न मिल्दैन । नेपालको स्वाधिनता र सार्वभौमिकतामाथि गरिएको ठाडो हस्तक्षेप नेपाली जनतालाई स्वीकार्य छैन । भारतको यस्तो दादागिरीलाई तोड्नको लागि राजनीतिक दल लम्पसार होइन ठाडो शिर गराएर प्रतिवाद गर्न उत्रनु पर्छ ।
Previous Articleसाध्वीहरुलाई सलाम !
Next Article नेपाली समाजमा गाँजिदै पारिवारिक बिखण्डन