म्याग्दी, १४ भदौ – मंगला गापा–१ कुहुँको आम भेलाबाट मजदुरीको ज्याला र बस्तुको मुल्य निर्धारण गरिएको छ ।
वडाका जनप्रतिनिधिसंगै सरोकारावालाको भेलाले प्रतिदिन ८ घण्टा काम गरे वापतको ज्याला र विभिन्न बस्तुहरूको मुल्य तोकेको वडा सदस्य दिलकुमारी खत्रीले बताईन् । ‘ज्याला र मुल्यलाई पूर्णरुपका कार्यान्वयन गराउने प्रयास हुने छ । समय अनुकुल परिमाजित गरिने छ’ उनले भनिन् ।
महिला पुरुषलाई समान ज्यालाको आवाज उठिरहेको बेलामा ज्यालामा पुरुषलाई धेरै बनाएकोमा सच्चाउन दवाव आइरहेको अवस्थामा आगामी दिनमा यसलाई प्राथमिकतामा राखिने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।