काठमाडौं, १० भदौ – अज्ञात व्यक्तिको आक्रमणमा परेको आशंकामा पाँच दिनअघि अस्पताल भर्ना गरिएका धुलिखेल नगरपालिका वडा नं २ का वडाध्यक्ष राजन कोइरालाको निधन भएको छ ।
काठमाडौंको नर्भिक अस्पतालमा आइसीयुमा राखेर उपचार गराइरहेका बेला कोइरालाको शुक्रबार राति ११ बजेर ५६ मिनेट जाँदा निधन भएको धुलिखेलका मेयर अशोक ब्याञ्जुले बताए ।
गत आइतबार बेहोस अवस्थामा फेला परेका कोइरालाको उपचार ५ दिनअघिदेखि नर्भिकमा भइरहेको थियो ।
मेयर ब्याञ्जुले डाक्टरहरुलाई उधृत गर्दै दिएको जानकारी अनुसार, वडाध्यक्ष कोइरालाको निधन कुटपिटबाट भएको हुन सक्ने अनुमान गरिएको छ ।
‘ब्याञ्जुले भने–‘घटनाको प्रकृति हेर्दा चोटपटक लागेको छ । घटनजास्थलमा रगत बगेको देखिन्छ ।’
धुलिखेल रवीओपीका बासिन्दा कोइरालालाई बेहोस अवस्थामा भेटेर स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । अहिलेसम्म शंकास्पद कोही पनि पक्राउ परेका छैनन् ।
कोइरालाको देब्रे कानको छेउमा चोट लागेको थियो । चोटका कारण उनको ब्रेन फुटेको थियो ।
Previous Article९ भाद्र २०७४, ढोरपाटन दैनिक
Next Article म्यानमारमा भडि्कयो हिंसा, मर्नेको संख्या ८९ पुग्यो