पिम्ला गौतम, काठमाडौं, ६ भदौ- नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा प्र्रेस सेन्टरका गोविन्द आचार्य विजयी भएको छन । पदाधिकारीमा आचार्य नेतृत्वको प्यानल नै निवाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा भने मिश्रित परिणाम आएको छ । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई झण्डै एक सय मत अन्तरले हराएका छन् ।
विहानपख सकिएको पदाधिकारीको मतगणना अनुसार खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।
लेखा समिति सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए । प्रदेशबाट निर्वातिचत केन्द्रिय सदस्यहरुमा प्रदेश नम्बर १ बाट सटेन्द्र जबेगु (प्रेस चौतारी) र उद्धव तिमिल्सिना (प्रेस युनियन), प्रदेश नम्बर २ बाट देवराम यादव (प्रेस सेन्टर) र शैलेन्द्र झा (प्रेस युनियन), प्रदेश नम्बर ३ बाट द्वारिका काफ्ले (प्रेस चौतारी) र कृष्ण गिरी (प्रेस चौतारी) विजयी भएका छन । प्रदेश नम्बर ४ बाट रामकृष्ण ज्ञवाली (प्रेस चौतारी) र नवीन कुइँकेल (प्रेस सेन्टर), प्रदेश नम्बर ५ बाट बसन्त गिरी (प्रेस सेन्टर) र पुरुषोत्तम सुवेदी (प्रेस युनियन), प्रदेश नम्बर ६ बाट कलेन्द्र सेजवाल (प्रेस युनियन) र पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर), प्रदेश नम्बर ७ वाट मीन बम (प्रेस युनियन) र उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत । विजयी भएको छन । काठमाडौं उपत्यकाबाट लेखनाथ न्यौपाने (प्रेस सेन्टर) र गोबिन्द चौलागाईं (प्रेस चौतारी), प्रतिष्ठानबाट टिकाराम प्रधान (प्रेस सेन्टर) र यम बिरही (प्रेस युनियन) निर्वाचित भएको छन । खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी रहेको मतगणना जारी रहेको महासंघले जनाएको छ ।