काठमाडौं, ५ साउन-नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को दोस्रो केन्द्रीय कमिटीको विस्तारित बैठक चितवनमा आयोजना हुने भएको छ ।
अनेरास्ववियुको बुधबार बसेको स्थायी कमिटी बैठकले केन्द्रिय कमिटी र राष्ट्रिय परिषद सदस्यको विस्तारित बैठक साउन २२ देखि २५ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको सचिव आरसी लामिछानेले जानकारी दिए ।
उनका अनुसार बैठकको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । देशभरका प्रतिनिधि सहभागी हुने बैठकमा संगठनको कार्यदिशा तय गरिनेछ । ‘अब कसरी अगाडि भन्ने कार्यनीति बैठकले तयार गर्छ,’ सचिव लामिछानेले भने । बैठकमा ओलीसहितका शीर्ष नेताहरुले प्रशिक्षण दिने बताइएको छ ।