कपिलवस्तु, २९ असार -राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा नानाभाँती लेख्ने युवक तौलिहवाबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सोनुकुमार सुनार पेशाले पत्रकार हुन् ।
रेडियो तौलिहवाका पत्रकार सुनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रेडियोको स्टेशन बाहिरबाट बुधवार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुनारको स्थायी घर भने प्यूठान जिल्लामा पर्छ । केही समय यता कपिलवस्तुमा कार्यरत सुनारले अत्यन्तै तुच्छ शब्द प्रयोग गरेर फेसबुकमा राष्ट्रपतिलाई गालीगलौज गर्दै आएका थिए ।
प्रहरी उपरीक्षक भोजजंग शाहले सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको बताए । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जथाभावी लेख्ने सुनारलाई हदैसम्मको कारबाही माग गरे ।
राष्ट्रपतिविरुद्ध फेसबुकमा जथाभावी लेख्ने प्यूठानका सुनार पक्राउ
Previous Article२९ असार २०७४, ढोरपाटन दैनिक
Next Article मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त