कार्यक्रममा बोल्दै ओलीले मेयरका उमेदवार शिव सुवेदी र उपमेयरका उमेदवार गोमा आचार्यलाई माला लगाइदिएका थिए। ‘माला लगाएपछि जित्यो जित्यो, यो विजयको माला हो’ उनले भने ‘अब कसैले फुकाल्न सक्दैन।’
ओलीले यसो गरिरहँदा सभामा हासोंको फोहोरा चलेको थियो। उनले अब प्रक्रिया मात्र पुर्याउन बाँकी रहेको भन्दै मतपत्र च्यात्नेसँग सजग हुनुपर्ने बताए। उनले कांग्रेसलाई बुढो गाईको संज्ञा दिँदै भने ‘नेपाली कांग्रेस कुनै बेला बैसमा थियो अहिले बैस हरायो। माओवादी बाच्छो बनेर आमा मानेर कांग्रेसको छेउमा टुकुटुकु हिँडीरहेको छ।’
समारोहमा उनले गायत्री मन्त्र समेत जपेका थिए। मन्त्र जप्दै ओलीले भने ‘हामीले विहान विहान सुर्यलाई हेरेर मन्त्र जप्छौ। अनि अन्त छाप लगाउन हुन्छ ?’ एमालेले जानेर बुझेर सूर्य चिन्ह रोजेको उनले उल्लेख गरे।