काठमाडौं, ९ असार – हरियाली देख्दा सवैको मन प्रफुल्लित हुन्छ । अझ हरियालीमा रमाउनका लागि व्यस्त जीवन शैलीका बीच मानिसहरु विदा लिएर जंगल सफारी लगायत प्राकृतिक मनमोहकताका लागि वन जंगल चहार्ने गरेका छन् ।
तर यसरी वनजंगलमा सफारी गर्दा वा रुख विरुवाको सुन्तरतामा कहिलेकाही खतरा पनि हुने गरेको छ । हेर्दा सामान्य रुख जस्तो लाग्ने एउटा रुखको सम्पर्कमा पुग्नु भयो भने तपाईको जीवन नै जोखिममा पर्छ । आफ्नो ज्यान जोगाउनका लागि भएपनि यस्ता रुखबारे जानकारी लिन आवश्यक छ ।
हेर्दा आपको जस्तो लाग्ने करिब ३० फिट अग्लो एक प्रधारको रुख दक्षिण एसिया, अस्ट्रेलिया लगायतका देशमा पाइन्छ, जसलाई आत्महत्या रुखको उपनामले समेत चिन्छि ।
सामान्य रुख झै देखिने ‘सरबेरा ओडोलम’ ज्यानमारा रुख मानिन्छ । हेर्दा सुन्दर लाग्ने यो रुखले मानिसलाई स्वाभाविक रुपमा आकर्षित गर्छ तर यो रुख यति खतरनाक हुन्छ कि, यसको सम्पर्कमा पुग्ने मानिसको ज्यान जोखिममा पर्दछ । यो रुखकै कारण प्रत्येक हप्ता कम्तीमा पनि एक जनाको मृत्यु हुने गरेको बताइन्छ ।
यो रुख निकै विषालु हुन्छ । वैज्ञानिकहरुका अनुसार विश्वमै पाइने विषालु रुखमध्ये यो सर्वाधिक खतरनाक हो । यो रुखमा रहेको विष मानिसको शरीरमा प्रवेश गरेमा मुटुको धडकन बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता समस्या हुन्छ । यसले हृदयको कार्य प्रणाली र एन्जाइम्सलाई चाँडै असर गर्दछ । जसका कारण मानिसको मृत्यु हुन्छ ।
वैज्ञानिकहरुका अनुसार यो रुखमा पाइने विष मानिसको शरीरमा प्रवेश गरेमा कुनै विषालु इन्जेक्सनसरह मानिसका लागि मृत्युको कारण बन्दछ ।
Previous Articleस्थानीय तह निर्वाचन र आर्थिक विकास
Next Article दोस्रो चरणमा ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित