बागलुङ, ९ असार – चीनको युलिन शहरमा विवादित ‘डग मीट फेस्टिवल’ शुरु भएको छ । पहिले यो चाढमाथि प्रतिवन्ध लगाइएको या फेरि यसको व्यापकतालाई कम गरिएको रिपोर्टहरु सार्वजनिक भएको छ ।
चीनको गुवांग्शी प्रान्तमा हरेक वर्ष कुकुरको मासु खानका लागि मानिस एकजुट हुन्छन् । यस वर्षको शुरुवातमा अमेरिकी क्याम्पनरले प्रशासनको तर्फबाट मासु विक्रेतालाई कुकुरमो मासु नबेच्नका लागि भनेका थिए ।
तर स्टल लगाउनहले औपचारिक रुपमा आफूहरुलाई केही नभनिएको बताएका छन् । १५ मे मा सरकारी अधिकारीले कुकुरको मासुमा कुनै प्रतिवन्ध नलगाईएको बताएका थिए ।
युलिन शहरमा बुधबार मरेका कुकुरहरु अंकुशेमा झुड्याइएका देखिएको थियो । समाचारहरुका अनुसार सडकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । एक अधिकारबादीले बीबीसीलाई बताएअनुसार प्रहरीले उनलाई बजारमा जानबाट रोकेका छन् जहाँ जिउँदा कुकुर बेचिन्छ ।
गत वर्ष केही स्टलमा मालिक तथा कार्यकताकाबीच कुकुरलाई छुटाउने विषयमा विवाद भएको थियो । जहाँ डग मीट फेस्टिवलको शुरुवात करिब १० वर्ष पहिलो भएको थियो । जसका कारण यो शहरको राष्ट्रि तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा हुने गरेको छ ।
कुकुरको मासु खानुमा के गल्ती छ ?
यो विषय जनावरप्रतिको क्रुरताका लागि र तीनमा कुकुर प्रति मानिसको वदलिदो व्यवहारलाई लिएर भएको हो । यहाँका विक्रेता र बासिन्दाले कुकुरलाई मानवीय रुपमा मारिने बताएका छन् ।
उनीहरुले कुकुरको मासु खानेको तुलनामा सुंगुर, गाई या कुखुरा खानेहरुको क्रुरता कम छैन । चीनमा कुकुरको मासु खाने प्राचिन परम्परा हो । दक्षिण कोरिया तथा दोस्रो एशियाली देशमा पनि कुकुरमो मासु खाने गर्रिको छ ।
जो कुकुरको मासु खाने पक्षमा छन् उनीहरुले विदेशीले उनीहरुको तौर तरिकामा दखल दिने अधिकार राख्दैनन् । केही चिनियाँ गर्मी महिनामा कुकुरको मासु खानु लाभकारी भएको तर्क गर्छन् ।
Previous Articleयसरी पत्ता लगाउनुस् महको शुद्धता
Next Article स्थानीय चुनावमा यसकारण बढी चर्चामा छ थवाङ