काठमाडौं, ७ असार – सशस्त्र प्रहरीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षाका लागि २० हजार ६ सय १५ जना प्रहरी खटाएको छ। निर्वाचनमा खटिएका सशस्त्र प्रहरीको समन्वय, अनुगमन तथा निरीक्षण, निर्देशनका लागि सशस्त्र मुख्यालयले ४ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई समेत खटाएको छ।
एआईजी प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम केसी र रामशरण पौडेल विभिन्न प्रदेशमा खटिएका छन । निर्वाचनमा खटिनुभएका एआईजीहरूले स्थलगत अनुगमनमा कुनै त्रुटि देखिए तत्काल सुधारका लागि फिल्डमै निर्देशन दिन सक्नेछन ।
सशस्त्रले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि ३ सय ३४ वटै स्थानीय निकायमा टोली खटाएको जनाएको छ।