काठमाडौं, २ असार – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टिलेतको मूल्यमा प्रति लिटर एक रुपैंयाँ ५० पैसा घटाउने निर्णय गरेको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्य घटाएको हो। नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ।
यसअघि पेट्रोलको मूल्य १०१ रुपैयाँ ५० पैसा लिटर थियो। डिजेल र मट्टितेलको मूल्य पनि १.५० रुपैयाँ घटाएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ। यसअघि डिजेल र मट्टितेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँ थियो। एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ बाट भने घटाइएको छैन।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर नेपाल आयल निगमलाई पठाएपछि त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकाल्दै तेलको मुल्य घटाएको बताएको छ। नयाँ मूल्य कायम गर्दा निगमलाई ७६ करोड रुपैयाँ नाफा रहनेछ।
Previous Article२ असार २०७४, ढोरपाटन दैनिक
Next Article सिद्धिचरण र अहिलेका विद्यार्थीको तुलना हुन सक्दैन