काठमाडौं, १३ जेठ – व्यवस्थापिका संसदले बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ । शनिबार बसेको व्यवस्थापिका संसदको दोश्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरेको हो ।
समितिले तीन महिना भित्र स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गरी सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्नुपर्ने छ । संसदीय छानविन विशेष समितिमा नेपाली कांग्रेसबाट सांसद अर्जुनप्रसाद जोशी, नेकपा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रबाट रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भाष्कर भद्रा र नेपाल लोकतान्त्रिक पार्टीबाट डा. सुवोध कुमार पोखरेल सदस्य रहेका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पेश गरेको स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।
व्यवस्थापिका संसद नियमावलि २०७३ को नियम १ सय ८३ अनुसार संसदीय छानविन विशेष समिति गठन भएको हो । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा धांधली भएको भन्दै संसदीय छानविन विशेष समिति गठन गर्नुपर्ने माग गर्दै आएको थियो ।
स्थानीय चुनावको धाँधली छानबिन गर्न संसदीय समिति गठन
Previous Articleदुर्घटनाग्रस्त गोमा एयरका पाइलट राईको निधन
Next Article लुटिएको सर्वस्व