बागलुङ, ८ जेठ – पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा भएको निर्वाचनमा माओवादीले १४, कांग्रेसले तीन र एमालेले दुई जिल्लामा एउटै तहमा पनि जित्न सकेनन् । काठमाडौं, भरतपुर, पोखरा–लेखनाथ, ललितपुर महानगर, हेटौँडा उपमहानगरसहित बूढानीलकण्ठ र कागेश्वर मनोहरा नगरपालिकाको नतिजा आउन भने बाँकी छ ।
प्रदेश ३ :
एमाले – ५४,
कांग्रेस – ३३
माओवादी – १६
प्रदेश नम्बर ३ का १३ जिल्लाका ११९ तहमा अहिलेसम्मको नतिजामा एमालेले सबैभन्दा धेरै ५४, कांग्रेसले ३३, माओवादीले १६ र राप्रपा, नयाँ शक्ति र नेमकिपाले एक–एक तह जितेका छन् । काठमाडौं, दोलखा, भक्तपुर र रसुवामा माओवादीले एउटा तहमा पनि जित निकाल्न सकेन । नौ जिल्लाबाट माओवादीले १६ तहमा मात्रै जित्यो । भक्तपुरबाहेक कांग्रेसले १२ वटा जिल्लामा जित निकाल्यो ।
प्रदेश ४ :
कांग्रेस – ४४
एमाले-३३
माओवादी-५
प्रदेश नम्बर ४ का ११ जिल्लाका ८५ स्थानीय तहमा कांग्रेसले ४४, एमालेले ३३ स्थानीय तह जित्दा माओवादीले पाँचवटा मात्रै जित्न सक्यो । कास्की, पर्वत, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा र नवलपरासीमा माओवादी केन्द्रले एउटा पनि तह जित्न सकेन । गोरखा, तनहुँ, बाग्लुङ र लमजुङमा मात्र माओवादीले जित्यो ।
प्रदेश ४ को गोरखामा एमाले शून्य हुँदा कांग्रेस भने ११ वटै जिल्लामा जित्न सफल भयो । प्रभाव क्षेत्र रहेर पनि नयाँ शक्तिले गोरखामा समेत जित निकाल्न सकेन । माओवादी र नयाँ शक्तिलाई पछि पार्दै डा. बाबुराम भट्टराईको चुनाव क्षेत्रमा कांग्रेसले चुनाव जित्यो ।
प्रदेश ६ः
एमाले -२६
कांग्रेस/माओेवादी – २५/२५
स्वतन्त्र- २
माओवादी ३, कांग्रेस २ र एमाले एक जिल्लामा शून्य
प्रदेश नं. ६ का १० वटा जिल्लाका ७९ स्थानीय तहमा माओवादीले २५, एमालेले २६, कांग्रेसले २५ र स्वतन्त्रले दुई स्थानीय तह जितेका छन् । कालिकोटका दुई तहको नतिजा अझै आउँन बाँकी छ ।
प्रदेश ६ का दैलेख, मुगु र सुर्खेतमा माओवादीले एउटा तह पनि जित्न सकेन । प्रदेश ६ का अरू जिल्लामा जिते पनि रुकुम र डोल्पामा कांग्रेस तथा एमालेले रुकुममा एउटा पनि तह जित्न सकेनन् । रुकुममा ६ वटै तह माओवादीले जित्यो ।
कुन जिल्लामा कसले कति जिते ?
प्रदेश ३,
काठमाडौंः एमाले ४, कांग्रेस ४, माओवादी शून्य, (महानगरसहित तीन नगरपालिकाको नतिजा आउन बाँकी)
काभ्रेः कांग्रेस ४, एमाले ७ (५ नगरपालिका, २ गाउँपालिका), माओवादी २
चितवनः एमाले ४, कांग्रेस १, माओवादी १ (एक तहको नतिजा आउन बाँकी)
दोलखाः कांग्रेस २, एमाले ६, एकको नतिजा आउन बाँकी
धादिङः एमाले ८, कांग्रेस ३, माओवादी १, राप्रपा १
नुवाकोटः कांग्रेस ७, एमाले ३, माओवादी २
भक्तपुरः नेमकिपा १, एमाले १ (दुईको नतिजा आउन बाँकी)
मकवानपुरः एमाले ५, कांग्रेस २, माओवादी २, (हेटौँडा उपमहानगरपालिकाको नतिजा आउन बाँकी)
रसुवाः कांग्रेस २, एमाले २, नयाँ शक्ति १, माओवादी शून्य
रामेछापः एमाले ५, माओवादी २, कांग्रेस १
ललितपुरः कांग्रेस २, एमाले २, माओवादी १ (ललितपुर महानगरपालिका नतिजा आउन बाँकी)
सिन्धुपाल्चोकः एमाले ७, कांग्रेस २, माओवादी २ (एक तहको नतिजा आउन बाँकी)
सिन्धुलीः एमाले ३, माओवादी ३, कांग्रेस ३
प्रदेश ४
कास्कीः एमाले ३, कांग्रेस १, एकको नतिजा आउन बाँकी
गोरखाः कांग्रेस ९, माओवादी २, एमाले र नयाँ शक्ति शून्य
तनहुँः कांग्रेस ६, एमाले ३, माओवादी केन्द्र १
पर्वतः एमाले ४, कांग्रेस ३, माओवादी शून्य
मनाङ ः कांग्रेस २, एमाले २, माओवादी शून्य
मुस्ताङः कांग्रेस ३, एमाले १, स्वतन्त्र १, माओवादी शून्य
म्याग्दीः कांग्रेस ४, एमाले २, माओवादी शून्य
स्याङ्ज : एमाले ७, कांग्रेस ४, माओवादी शून्य
लमजुङः एमाले ५, कांग्रेस २, माओवादी १
बाग्लुङ : कांग्रेस ४, एमाले ४, राष्ट्रिय जनमोर्चा १, माओवादी १
नवलपरासीः कांग्रेस ६, एमाले २, माओवादी शून्य
प्रदेश ६,
कालिकोटः माओवादी ५, कांग्रेस १, एमाले ३
जाजरकोटः एमाले ३, कांग्रेस २, माओवादी २
जुम्लाः कांग्रेस ४, माओवादी ३, एमाले १
डोल्पाः एमाले ४, माओवादी २, स्वतन्त्र २
दैलेखः एमाले ७, कांग्रेस ४, माओवादी शून्य
मुगु : कांग्रेस ३, एमाले १, माओवादी शून्य
रुकुमः माओवादी ६, कांग्रेस र एमाले शून्य
सल्यानः एमाले ४, कांग्रेस ३, माओवादी ३
सुर्खेतः कांग्रेस ६, एमाले ३, माओवादी शून्य
हुम्लाः माओवादी ५, कांग्रेस १, एमाले १ । नयाँ पत्रिका
नतिजा आएका ३४ जिल्लामा कुन दलले कति जिते ?
Previous Articleबजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित
Next Article विद्यालयमा नर्स अनिवार्य