राजेशचन्द्र रा.भ.
आज फेरि नेपालका सडकमा फरक–फरक मजदुर संगठनले जुलुस प्रर्दशन गरि बढो सुन्दर नारा लगाए संसारका मजदुर एक हौं । हो यो नारा मे दिबस अर्थात बिश्व मजदुर दिबसको अबसरमा लगाइने मुख्य नारा हो । नारा सबैको एउटा तर जुलुस र कार्यक्रम भने फरकफरक देखेपछि मलाई एउटा पुरानो कबिता याद आयो ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने कसैले मिलाइ दिनुपर्ने
हामी आफूखुशी कहिल्यै छुटिन नसक्ने कसैले छुट्टाइदिनुपर्ने
हो नेपालका चर्चित कवि भूपि शेरचनले लेख्नु भएको कबिता घुम्ने मेच माथि अन्धो मान्छे कबिता सङ्ग्रहमा प्रकाशित यो कबिता अहिले पनि समसामयिक छ ।हो अहिले पनि हाम्रो नारा एकातिर व्यवहार अर्को्तिर छ भन्दा कत्ति फरक पर्दैन अहिले हामीले के नारा लगाउदै छौ बिश्वका मजदुर एक हौ हो आज मे १ अर्थात बिश्व मजदुर दिबस भएको हुनाले पनि यो नारा अन्तराष्ट्रिय हो । हाम्रो देशमा पनि मे १ का दिन मजदुर दिबस मनाउने चलन शुरूवात गरिएको छ यो सकारात्मक पक्ष हो तर हामीले लगाउने नारा एकातिर छ काम अर्को्तिर भएको हुनाले पनि कवि भूपि शेरचनले कबिता लेख्नु भएको हो । अहिले एमाले माओबादी मजदुर किसान पार्टी माले मसाल लगायत जे जतिपनि कम्युनिस्ट पार्टी छन् उनिहरूले यो मजदुर दिबस छुट्टाछुट्टै रूपमा मनाउनु बाट पनि के कुरा स्पष्ट हुन्छ भने हामीले भन्ने एउटा गर्ने अर्को थोक भएको हुनाले पनि हो हामी सामान्य भन्दा सामान्य कार्यक्रम समेत सबै मिलेर गर्न सक्दैनौ भने अनि कसरी मजदुर हकहितको काम हुनसक्छ । अहिले जसरी राजनीति दल बिभाजन भएका छन् त्यसरी नै मजदुर संगठन बिभाजन भएका छन् बिभाजित मजदुर र यिनले गर्ने कार्यक्रमले कुनै मुर्तरुप लिन सक्छ भन्ने देखिदैन । बर्षमा एक दिन मनाइने मजदुर दिबसमा समेत हामी एकजुट भएर देश जनता अनि काम गरेर खाने गरिब निमुखा मजदुरको हकहितमा एक हुन सक्दैनौं कवि भूपि शेरचनले भने झै हामी आफु खुशी कहिले मिल्न नसक्ने क्यारिम बोडका गोटी हौ अरूले चलाउनु पर्ने अरूले मिलाइ दिनुपर्ने अरूले नै हामीलाई छुटाउनु पर्ने अबस्था भए पछि कसरी हामी सही गन्तव्यमा पुग्न सक्छौ ।
हामीले जुन नारालाई सारा दुनियाँ सामु ठुलो स्वरमा बिश्वका मजदुर एकजुट हौं हामीले किन र के को लागि नारा लगाउदै छौ भन्ने कुरा समेत वास्तविक रूपमा नेपालमा नारा लगाउने मजदुर लाई थाहा छैन । खाली मे १ तारिखका दिन बिश्व मजदुर दिबस भनेर सडकमा तमासा गर्दै जुलुस गर्नुको कुनै औचित्य छैन तर पनि गाउँ घरमा श्राद्द गर्ने बेलामा बिरालो बान्ने चलन छ यदि घरमा बिरालो नभएको खण्डमा छिमेकीको घरबाट भए पनि बिरालो ल्याएर डोकोमा तोढ्ने वा बानेर राख्ने गरिए झै नेपालका राजधानी देखि अहिले जिल्ला जिल्लामा गाउँ गाउँमा मजदुर दिबस किन संयुक्तरूपमा मनाउन सक्दैनौं त प्रमुख कुरा चाहिँ यहीँ हो ।
अहिले हाम्रो देशमा जे कुरामा पनि राजनीति चल्ने चलन छ यस्तो बिश्व मजदुर दिबसमा राजनीति नचल्ने कुरै भएन आफ्नो संगठनमा आबद्ध भएका अहिलेका मजदुरलाई जनतन जम्मा गरेर हामीले नारा जुलुस गर्दै बडो ठूलो ठूलो भाषण दिन्छौं अनि भन्छौ बिश्वका मजदुर एकजुट हुनुपर्छ परिवर्तन गर्ने हात भनेको मजदुरको हो । अहिले हामीलाई सामन्ती सोसकले काम अनुसार को माम दिएको छैन न त हामी मजदुर लाई हाम्रो कामको उचित दाम नै दिएको छ भनेर चाहिने नचाहिने ताइन टुईको भाषण गरेर समय सक्ने अनि चर्को स्वरमा दिनभरि घाममा हिड्ने मजदुर ले उस्तै परे पानी समेत नखाई कन घर जानुपर्ने अबस्था छ ।
साच्चै मजदुर दिबसमा मजदुर कम नेताको चुरीफुरी बढी देखिन्छ मजदुरले आफ्नो काम के हो अधिकार के हो मजदुर संगठन भएको केको लागि हो भन्ने कुराको समेत कुनै खयाल छैन ।
बर्षमा एक दिन मजदुर दिबस मनायो त्यो त्यत्तिकै सकिन्छ अनि ३६४ दिन त्यसै बित्छ अनि अर्को सालमा मजदुर दिबस आउछ अनि फेरि जुलुस नारा गर्ने चलन छ साच्चै अहिले नेपालमा मनाइने दिबस पनि कर्मकाण्डी छन् भन्दा फरक पर्दैन त्यही कर्मकाण्डी भएको कारणले गर्दा पनि जे उद्देश्य प्राप्ति हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
अहिले मजदुरको पनि काम कर्तव्य एकातिर छ तर खाली अधिकारको मात्रै कुरा गर्ने आफ्नो पार्टीले भने जस्तो भएन भने आफुले काम गर्दै आएको उद्योग धन्दामा तालाबन्दी गर्ने सजिलो चलन छ चन्दा र धन्दा मै चलेको छ अहिले देश नेपालमा रहेका श्रमजीवी मजदुरले सोच्नु पर्ने कुरा धेरै छन् तर त्यस तर्फ कसैको पनि सोच छैन ।
कवि भूपि शेरचनले त्यसै घुम्ने मेच माथी अन्धो मान्छे कबिता लेख्नु भएको हैन यहीँ नेपाली परिबेश लाई देखेर नै हो कबिता लेख्नु भएको आजको दिन सम्म आइ पुग्दा पनि शेरचनको कबिता साच्चिकै सान्दर्भिक छ एक–एक शब्दले बास्तबिकता बोलेको छ ।
हामी मिल्न पनि अरूले भन्दिनु पर्ने आफु खुशी मिल्न नसक्ने साच्चै हामी मजदुर संगठन अरू जुनसुकै संगठन जे–जे नाम दिए पनि खालि कथपुतलि सिवाय अरू केही हुन सकेको छैनन् । मजदुर संगठन भित्र मजदुरको हैन नेताको चलखेल चल्छ काठमाडौं, पोखरा, बिराटनगर जस्तो शहरी क्षेत्रमा भएको उद्योग धन्दामा यहाँका मालिक संग मिलेर आफ्नो श्रीमती साली छोरा छोरीलाई जागिर खुवाउने गरेको कुरा पनि अब पुरानो हुन लागि सक्यो नेपालमा पञ्चायतको अन्त्य भयो बहुदलीय ब्यबस्था आयो अहिले संघिय गणतन्त्र आइसक्दा समेत यहाँ केही नयाँ कुरा हुन सकेको छैन ।
साच्चै नीति राम्रो भएर नपुग्ने रहेछ प्रमुख कुरा नियत राम्रो हुनुपर्ने रहेछ । अहिले मजदुरलाई सम्मान गर्दा पुरस्कृत गर्दा समेत राजनीति भागबन्डाको आधारमा हुने चलन आएपछि कसरी मजदुरको कल्याण हुनसक्छ । अहिले जताततै अराजकता र ब्यथिति बढेर गएको छ । हामीले साच्चै बास्तबिकता रूपमा मजदुरको आबाज उठाउने हो अधिकार खोज्ने हो भने यहाँ च्याउसरी उम्ररीएका मजदुरका संगठनले अहिले काम गर्ने मजदुरको जीवन बिमा दुर्घटना बिमा गराउने कुनै काम गरेको देखिएको छैन त्यसकारण यस्तो खालको साना मसिनो काम गरे पनि केही सुधार हुने थियो । कमसेकम बिश्वका मजदुर एक बनाउन नसके पनि नेपालकालाई मात्रै एक बनाउन सके पुग्ने छ ।
Previous Article१८ बैशाख २०७३, ढोरपाटन दैनिक
Next Article गुणस्तर सुधार्न जिल्ला शिक्षाको १४ बुँदे निर्देशन