बागलुङ, २१ चैत – स्थानीय तह निर्वाचन ऐनले गरेको व्यवस्थाविपरीत आसन्न निर्वाचनको उम्मेदवार छनोटमा पार्टीहरूले महिलालाई दोस्रो पदमा मात्र खुम्च्याउने सम्भावना बढेको गुनासो महिला नेतृहरूले गरेका छन् । महिलालाई उपप्रमुखमा खुम्च्याएर अधिकांश स्थानीय तहको प्रमुख पदमा पुरुष उम्मेदवार उठाउने तयारी भइरहेको गुनासो उनीहरूको छ |
स्थानीय तह निर्वाचन ऐनले गाउँपालिका, नगरपालिका उपमहानगरपालिका, महानगरपालिकाका अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखमध्ये एक पदमा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने व्यवस्था गरेको छ ।
ऐनमा गरिएको त्यस व्यवस्थाले महिलालाई स्थानीय तहको प्रमुख पदमा पुग्ने ढोका त खोलिदियो भए पनि व्यावहारिक कार्यान्वयनमा भने समस्या हुने देखिएको छ । औपचारिक कार्यक्रममा महिला नेतृहरूले प्रमुख नेतृत्वका लागि आफूहरू योग्य भएको दाबी गर्दै आए पनि नेतृत्व नै पाउनेमा उहाँहरू ढुक्क हुन सकेका छैनन् ।
विभिन्न पार्टीमा आबद्ध महिला सङ्गठनका नेतृहरूले स्थानीय तहको निर्वाचनमा ५०/५० प्रतिशत प्रमुख र उपप्रमुख पदमा महिलाले पाउनुपर्छ भनेर पार्टीभित्र लबिङ गर्दै आएको आएका छन् तर पनि उनीहरु मागेको पद पाइन्छ भन्नेमा ढुक्क हुन सकेका छन् ।
स्थानीय तह निर्वाचन – महिलामाथि यस्तो छ खतरा
Previous Articleमोर्चाको सर्तले सत्तारूढ कांग्रेस र माओवादी केन्द्रभित्रै विवाद
Next Article किसानलाई सात करोडसम्म सहुलियत ऋण