नेपालका लागि अवसरको ढोका
गोपीनाथ मैनाली
आधुनिक विश्व अन्तर्निर्भरताको प्रवाहबाट एक्लो र अछुतो रहन सक्दैन । आत्मनिर्भर त न मुलुक हुनसक्छ, न अर्थतन्त्र । आत्मनिर्भरताको बहस नै पुरानो भइसक्यो ।
यस शताब्दीमा देखिएको आर्थिक दर्शन र उदारवाद प्रतिस्पर्धा र स्वनिर्भरताको लागि देखिएका छैनन् । विश्वको एक कुनाको समस्याले अर्को कुनाको प्रगतिलाई चुनौती दिन्छ भने एक मुलुकको सम्भावना अर्को मुलुकको पनि आर्थिक विकासको आधार बन्ने गर्दछ । अन्तरनिर्भरता विश्वव्यापीकरणको अभिन्न भागको रूपमा देखा परेको छ भने सूचना र प्रविधिमा आएको क्रान्तिले यो प्रक्रियालाई अरू सम्भव र नजिक ल्याएको छ ।
अन्तर्निर्भरताले निमानवीकृत बन्दै गएको प्रतिस्पर्धी अर्थतन्त्रलाई मानवतामुखी पनि बनाउँछ र बहुधा अर्थमा सम्भावना, सीप र पारस्पारिकताको विकासमा पनि बल पु¥याउँछ । यो दिगो विश्व अर्थव्यवस्थाको भरपर्दो प्रक्रिया पनि हो ।
साना भूपरिवेष्ठित राष्ट्रहरू वास्तवमा गरीब छैनन्, जसरी आफूहरू गरीब रहेको अभिव्यक्ति दिइरहेका छन् । नेपाल जस्ता मुलुकहरूको सम्भावनाको आँकलन र उपयोग हुन सकिरहेको छैन । कारणतः उनीहरू विपत्र बनेका छन् । प्राकृतिक एवं मानवीय साधनहरूको उपयोग हुन नसक्नु मात्र हाम्रो विपत्ति हो ।
आर्थिक रूपमा उपयोग गर्न नसकिएको साधनले उपयोगिता र मूल्य सिर्जना गर्दैन । नेपालको प्राकृतिक सुन्दरता र स्वच्छ पानीको मूल्य खाडीको पेट्रोलियमको मूल्यभन्दा कुनै पनि हालतमा कम होइन । मलेसियाको रबर, थाइल्याण्ड र बर्माको खाद्यात्र जापानको इलेक्ट्रोनिक वस्तु र बेलायतको सेवा उद्योग बराबर मूल्यवान छन् ।
कुनै मुलुक वस्तु उत्पादनमा विशेषज्ञता राख्छन्, कुनै मुलुकको सेवा व्यवसायमा निपुणता रहन्छ । नेपालको सांस्कृतिक र जैविक विविधता पनि वैभव र वैशिष्ट्य हो । प्रचार–प्रसार र उपयोग भएमा व्यापार व्यवसायमा तुलनात्मक लाभ र हितलाई ध्यानमा राखिन्छ ।
तर अन्तर्निर्भरताको अर्थतन्त्र विकासले सधैं प्रतिस्पर्धा र तुलनात्मक लाभभन्दा मानवीय हित, सीप र प्रविधि प्रवर्द्धनलाई बढावा दिन्छ । अब अमेरिका मात्र समृद्ध र स्वावलम्बी मुलुक बत्र सक्तैन । अरबको तेलले मात्र त्यहाँको आवश्यकता पूरा हुन सक्तैन ।
सूचना प्रविधिको प्रचार पनि ठूलो व्यवसाय भएको छ । कहाँ–को केमा बढी भत्रु भन्दा पनि सूचना र ज्ञानकेन्द्रित अर्थतन्त्र (नोलेज बेस्ड इकोनोमी) को जग बस्दै गएको सन्दर्भमा सूचनाको ग्रहण र प्रयोग साथसाथै पारस्परिक हातेमालोवाट आ–आफ्नो योग्यता, सीप र दक्षताको उपयोगले व्यक्ति–समाज र देश विकास प्रक्रियामा आबद्ध हुने क्रम बसिरहेको छ । वस्तु–सेवा उत्पादकले भन्दा सोसम्बन्धी सूचना राख्ने र सोको प्रवाह गर्नेले दरिलो उपलब्धि लिइरहेका छन् ।
सूचना प्रविधि र आर्थिक विश्वव्यापीकरणको निरन्तरको प्रवाहले समाज–देश र व्यक्तिलाई अवसर, पहुँच, प्रविधि ग्रहण र सीप साधनको प्रयोगमा निरन्तर सुधारको ढोका खोलिएको छ । सूचना र अर्थतन्त्र राष्ट्रिय सीमाभन्दा एउटै अन्तर्निर्भरताको विश्व निर्माणमा क्रियाशील छन् । तर अन्तर्निर्भरताको यात्रा सरल र सुगम भने छैन । क्षमताअनुरूपको भूमिका र निरन्तरको ज्ञान–सूचना ग्रहण र प्रयोग यसका विशेषता एवं पूर्वाधार हुन ।
अर्को शब्दमा यसले हाम्रो परम्परावादी जीवनयापन, स्वभाव, शैली र व्यवहारलाई सिधै चुनौती दिएको छ । यो प्रवाह नजाने जटिलता र अँधेरोको जंघार हो, सुसूचित–सुशिक्षित भए फाइदा भित्र्याउने सजिलो खेल हो । यो खेल खेल्न मैदान, सडक, नदीनाला अन्तरिक्ष सबै समान रूपमा उपयोग गर्न सकिन्छ । सवै खेलाडीहरू जित्छन्, केवल गति ठम्याउन मात्र आवश्यक छ ।
तीनदशक अघिसम्म विश्वमा सामरिक कूटनीति थियो । समृद्ध मुलुकहरू सैन्य शक्ति विस्तारमा तँछाड–मछाडमा थिए । आणविक हातहतियार निर्माणमा शक्ति राष्ट्रहरू पूर्वसोभियत संघ र संयुक्त राज्य अमेरिकाको प्रतिस्पर्धा थियो । ह्वाइट हाउस र क्रेमलिन आ–आफ्नो प्रभाव विस्तारमा थिए । हेनरी किसिञ्जर र आन्द्राई ग्रोमिकोको अभिव्यक्ति र यात्रा केवल आफ्नो राष्ट्रको सामरिक शक्ति र राजनीतिक प्रभाव विस्तारमा मात्र केन्द्रित थियो । विश्व राजनीतिक रूपमा ध्रुवीकृत थियो ।
असंलग्न मुलुकहरूमा चाहिँ दातृराष्ट्रहरूको पहिचानको समस्या थियो । वैदेशिक सहायताका लागि एक ध्रुवको विचार र सुरक्षा छाताको वकालत र ओत लाग्नु आवश्यक थियो । सोभियत संघको विघटन, बर्लिन गेटको विखण्डन, साल्ट र सीटीबीटी सन्धि यस्ता युगान्तकारी घटना साबित भए जसले विश्वलाई निःशस्त्रीकृत पार्न दह्रिलो पृष्ठभूमि तयार भयो । राष्ट्रहरू आर्थिक विकासका लागि साझा आर्थिक मञ्च निर्माणमा तल्लीन भए ।
विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त राष्ट्रसंघ जस्ता बहुपक्षीय निकायहरू आर्थिक विकासको नयाँ विश्व कार्यसूची तयार गर्न विचार मञ्चका रूपमा स्थापित भए । आर्थिक विकासमा नयाँ पात्रहरूको दिगो भूमिका र पुनःसंरचना एवं मानव साधन विकास जस्ता पक्षहरूमा यस्ता संस्थाको सहयोग र सक्रियता केन्द्रित रह्यो । यसकारण नयाँ आर्थिक कार्यसूची राष्ट्रिय नीति कार्यक्रमको पनि अक्षुण्ण भाग बत्र सकेको छ ।
विश्व व्यापार संगठनको स्थापना र विद्युत् सञ्चार एवं प्रविधिको तीव्र विकासले राष्ट्रिय अर्थव्यवस्था विश्व अर्थव्यवस्थासँग इन्ट्रिग्रेटेड हुने क्रमले पनि तीव्रता पाएको छ । अबको राष्ट्रिय अर्थव्यवस्था विश्व अर्थव्यवस्थाको अविभाजित सानो भाग मात्र साबित भएको छ । यस स्थितिमा राष्ट्रिय विशेषता र पहिचान कायम राखेर विकास प्रक्रियामा खरो उत्रनु हाम्रो जस्तो मुलुकका लागि जटिलता र चुनौती पनि हो भने यसले थुप्रै सम्भावना र अवसरको ढोका पनि खोलेको छ । संकल्प र सचेततासहितको क्षमताको प्रयोगले मात्र यो अवसर लिन सम्भव छ ।
नेपालले लोकतन्त्रको पुनर्बहालीपछि आर्थिक कूटनीतिलाई अपनाउने घोषणा गरेको छ । विश्व अर्थव्यवस्थासँग आबद्ध हुने क्रमको संक्रमण पीडाबाट हाम्रो अर्थतन्त्रलाई मुक्ति दिलाउन र फाइदा हाम्रो पक्षमा पार्नका लागि आर्थिक वैभव, जैविक विविधता र जलस्रोत नै हाम्रा विकासका आधार हुन् । हामीसँग स्रोत छ भनेर त्यसको उपयोग नहुने हो भने हामी यो शताब्दीमा पनि ुटेक अफु चरण पार गर्न सक्तैनांै ।
निर्वाहमुखी परम्परागत अर्थतन्त्रले विकास र प्रगतिलाई ठम्याउन निक्कै साह्रो पर्दछ । व्यापक बेरोजगारी, अशिक्षा तथा गरीबी परम्परागत अर्थतन्त्रको परिणाम हो । विगतमा राष्ट्रियताका नाममा लिइएको संरक्षणवादी नीति र भूमिगत अर्थतन्त्रको फैलावटले आर्थिक–सामाजिक विकासका सम्भावनाहरू उघ्रिएका थिएनन् । अबको पुस्ता प्रजातान्त्रिक समाज पारस्परिक फाइदाका लागि आफ्ना सम्भावनाको उपयोग तथा बाह्य सीप, लगानी र प्रविधि विनियोजनमा उदार छ ।
हाम्रा कूटनीतिक नियोगहरूले परराष्ट्र मामिलाको प्रशासनमा मात्र नरहेर राष्ट्रिय आर्थिक सूचना–स्रोतको भूमिका खेल्ने हो भने बहुपक्षीय लगानी स्वदेश भित्रिन सक्छ । पर्याप्त जलस्रोत भइकन सोको उपयोगबाट पछि पर्नुपर्ने बाध्यता, अझ भनौं सबैभन्दा महंगो विद्युत् उत्पादनको विपत्तिबाट हामीले मुक्ति पाउन सक्छौं । वैदेशिक ऋणमा चुर्लम्म डुबेको मुलुकको निराशाप्रद अर्थतन्त्रलाई आफैंमा धानिन सक्ने आधार दिन ऋण र सहायतालाई निजी लगानी र व्यापारबाट प्रतिस्थापन गर्न पनि आर्थिक कूटनीतिको र आर्थिक कूटनीतिको णनीतिले पर्याप्त भूमिका खेल्न सक्तछ ।
हामीमा सस्तो श्रम र अप्रदूषित प्राकृतिक वातावरण लगानीकर्ताका लागि आकर्षण र अवसर बत्र सक्तछ । दुई उदीयमान अर्थतन्त्रले छाडेको स्पेस पनि हाम्रा लागि अवसर बन्न सक्छ । न यसको प्रचार छ, न राष्ट्रिय नीति व्यवहार नै यस अनुकूल परिमार्जन भइसकेको छ । सांस्कृतिक धरोहर र हिमशृङ्खलाको दृश्य बेचेर मात्र पनि हामी धनी मुुलुक बत्र सक्छौं ।
निजी क्षेत्रका पर्यटन व्यवसायी र टुरिस्ट अपरेटरहरू सूचनाको सामर्थ्य र पहुँचबाट टाढा छन् । बाह्य क्षेत्रमा नेपालका सम्भावना, स्रोत र वैशिष्ट्यका विषयमा बहस नै हुन सकिरहेको छैन । ुग्रे रेभुलेसनु बाट भारतको कर्नाटकले कति फायदा लिइसकेको छ ? हामी सूचना प्रविधि पार्कको कुरामा मात्र एक दशक अल्मलियौं । हाम्रो स्ट्रेन्थका विषयमा पनि हामी पछि परेका छौं । भारत ुहाईटेक लेबरु निर्यात गरिरहेको छ ।
आर्थिक उदारवाद र सूचना प्रविधिको प्रवेशमा भारतभन्दा नेपाल अघि थियो । हामीले कुरा र राजनीति ग¥यौं, प्रविधि, पानी, शिक्षा, पर्यटन सबै सस्तो राजनीतिका क्षेत्र बने । भारतले काम ग¥यो, हामी सस्तो र कच्चा श्रमको सीमित निर्यात गरिरहेका छौं । त्यसमा पनि कुन क्षेत्रमा कसरी श्रम निर्यात गर्दा राष्ट्रिय अर्थतन्त्रलाई फाइदा पुग्छ भत्रे रणनीतिक कार्यक्रम हामीले तयार गरेका नै छैनौं ।
हामीले बुझ्नुपर्ने कुराले सूचना प्रविधि क्षेत्रमा जनशक्ति तयार गरेर निर्यात गर्न सक्यौं भने वा सफ्टवेयर निर्यात गर्न सक्यौं भने हाम्रो शोधानान्तर स्थिति, रोजगारी सबैमा एक साथ आमूल परिवर्तन आउनसक्छ । तर जति ढिला ग¥यो त्यसको उपादेयता व्यय हुनेछ । प्रविधि क्षेत्र तीव्र गतिशील छ, यसैअनुरूप संयोजित प्रशिक्षित हुनु पर्छ जनशक्तिले । हाम्रा कूटनीतिज्ञहरू परम्परागत पासपोर्ट प्रशासनमा सुकिलो कपडा लगाएर अलमलिने हो भने यो तुलनात्मक लाभ हाम्रो पक्षमा आउने छैनन् । हाम्रा कूटनीतिक केन्द्रहरू आर्थिक सूचना प्रवाहको पनि माध्यम बत्रु आवश्यक छ । अन्यथा अपार सम्भावनाबीच विकास गर्न त परै जाओस्, त्यसको उपयोग गर्न समेत हामी र हाम्रा पुस्ता पछि पर्नेछौं ।
Previous Articleलन्डनको आतंककारी आक्रमणमा नेपाली सुरक्षित
Next Article निसीखोला गाउपालिकाको केन्द्र जुग्जाखोलामा