कञ्चनपुर, ३ चैत – माले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई पार्टीको तर्फबाट ५ लाख प्रदान गर्ने घोषणा गरेका छन् । पार्टीको मेची–महाकाली अभियान अन्तर्गत बिहीवार कञ्चनपुर पुगेका ओलीले सहिद गौतमका परिवारलाई चिन्ता नलिन पनि आग्रह गरेका छन् । उनले आपफूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सहिद गोविन्दको हत्याका विषयमा भारत सरकारलाई माफी मगाउन आग्रह गरेको पनि स्मरण गराए । ‘नेपाली स्वाभीमानको रक्षा गर्ने दौरानमा सहादत प्राप्त गर्नु भएका गोविन्द गौतमप्रति हृदयदेखि श्रद्धाञ्जली अर्पण गर्छु । चिन्ता नलिन परिवारजनलाई हामी आग्रह गर्छाैं’ ओलीले भने, ‘यस देशमा अरु कोही नभए पनि एमाले छ । अप्ठ्यारो परेका बेलामा एमाले साथमा छ भनेर सम्झनुस् । गोविन्द गौतमको परिवारलाई पार्टीका तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्छु ।’
ओलीले गोविन्दको हत्या गरेवापत माफी माग्न भारत सरकारलाई आग्रह गरे । उनले प्रधानमन्त्री दाहालसँग पनि यस विषयमा ब्यक्तिगत र पार्टीगत तवरमा कुरा गरेको वताए । ‘मैले प्रधानमन्त्रीलाई ब्यक्तिगत रुपमा र पार्टीले औपचारिक रुपमा भनेको छः भारत सरकारले यस विषयमा माफी माग्नु पर्छ’ ओलीले भने, ‘स्वाभीमानी कञ्चनपुरवासी दाजुभाइ दिदीबहिनीमा अभिवादन गर्छु तपाईंहरु आफ्नो राष्ट्रिय स्वाभीमानप्रति सचेत हुनुहुन्छ ।’
पूर्व प्रधानमन्त्री ओलीले नेपाल सधैं गरिव रही रहन नसक्ने वताउँदै नेपाललाई विकसित देश बनाउन एमालेसँग योजना भएको वताए । ‘यो गरिव हुने देश होइन, यहाँ कर्णाली नदि छ सेती नदि छ, यहाँ हिमाल छन्, पहाड छन् समथर तराई छ’ ओलीले भने, ‘यहाँ अव उद्योगहरुको स्थापना गर्नु पर्छ । अन्य देशहरुसँग ब्यापार गर्ने ब्यवस्था मिलाउनु पर्छ । हामी सधैं गरिव हुन सक्दैनौं, गरिवी हटाउने योजना र कार्यक्रम एमालेसँग छ ।’
ओलीले संविधान कार्यान्वयन र संक्रमणकालको अन्त्य गर्न तीनवटा तहको निर्वाचन गर्नु पर्ने वताउँदै सरकारले ७ महिनासम्म निर्वाचन टार्ने उद्यम गरेर विताएको पनि वताए । उनले चुनाव नगराए एमालेले सरकारलाई नछोड्ने वताए । ‘निर्वाचन नगराए नालायक सरकारलाई छोड्ने छैनौं’ ओलीले भने । कार्यक्रममा सहिद गौतमको परिवारलाई एमालेले प्रदान गरेको ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । एमाले कञ्चनपुरका अध्यक्ष ताार लामा मार्फत सहिद गोविन्दको परिवारलाई एमालेले ५ लाख रुपैयाँको चेक दिएको हो । यस्तै गोविन्दका छोरीहरुका लागि एमालेले २ वटा ल्यापटप पनि प्रदान गरेको छ ।
सहिद गोविन्दको परिवारलाई एमालेले दियो ५ लाख
Previous Articleनेपाली महिलालाई सामूहिक बलात्कार गर्ने ५ पक्राउ
Next Article ढोरपाटन नगरपालिकाको कार्यालय सुभारम्भ