धनगढी, २६ फागुन – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर कञ्चनपुरको पर्नवास नगरपालिका–८ आनन्द बजारका एक नेपालीको मृत्यु भएको छ। आनन्द बजारको आसपासमा निर्माण गरिएको कल्भर्ट भारतीय भूमि भएको दाबी गर्दै एसएसबीले नेपालीमाथि गोली चलाएको हो।गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो। गौतमको डाढमा गोली लागेको थियो। धनगढीस्ति सिटी अस्पतालमा उपचारका क्रममा गौतमको मृत्य भएको चिकित्सक डा.चन्द्रप्रकाश पाण्डेले बताए।
सीमा क्षेत्रमा एसएसबीको गोलीकाण्डपछि नेपाली र भारतीयबीच झडप भएको छ। घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ।
सीमा क्षेत्रमा दुवै तर्फबाट नाराबाजी भइरहँदा बिहिबार भारतीय सीमानामा रहेको सम्पूर्णानगर प्रहरी थानाका प्रहरी निरीक्षकले आफ्नै पेस्तोलबाट चलाएको गोली लागेर गौतमको मृत्यु भएको हो।
नेपाली भूमिमा कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियो। विवादले उग्र रुप लिएपति बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई गोली प्रहार र कुटपिट गरी घाइते बनाएका थिए।
बिहीबार बिहानबाट स्थानीय नेपालीहरु सीमा बन्द गराएर नाराबाजी गर्दै बिरोधमा उत्रिएका छन्। झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी निरीक्षक रामबहादुर खत्री पनि घाइते भएको बताइएको छ।
आनन्द बजार नजिक नेपाली पक्षले एक महिनाअघि कल्भर्ट निर्माण गरेको थियो। गुगल म्यापले कल्भर्ट निर्माण गरिएको ठाउँ भारतमा देखाएपछि भारतीय पक्ष त्यसको विरोधमा उत्रिएको थियो।
निर्माण भएको कल्भर्टमा माटो भर्न खोज्दा एसएसबीले नेपाल प्रवेश गरी बल प्रयोग गरेको थियो। गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका–८ का गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो। गौतमको डाढमा गोली लागेको थियो। धनगढीस्ति सिटी अस्पतालमा उपचारका क्रममा गौतमको मृत्य भएको चिकित्सक डा.चन्द्रप्रकाश पाण्डेले बताए।
सीमा क्षेत्रमा एसएसबीको गोलीकाण्डपछि नेपाली र भारतीयबीच झडप भएको छ। घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ। नेपाली भूमिमा कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियो। विवादले उग्र रुप लिएपति बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए।
बिहीबार बिहानबाट स्थानीय नेपालीहरु सीमा बन्द गराएर नाराबाजी गर्दै बिरोधमा उत्रिएका छन्।
झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी निरीक्षक रामबहादुर खत्री पनि घाइते भएको बताइएको छ।
आनन्द बजार नजिक नेपाली पक्षले एक महिनाअघि कल्भर्ट निर्माण गरेको थियो। गुगल म्यापले कल्भर्ट निर्माण गरिएको ठाउँ भारतमा देखाएपछि भारतीय पक्ष त्यसको विरोधमा उत्रिएको थियो।
निर्माण भएको कल्भर्टमा माटो भर्न खोज्दा एसएसबीले नेपाल प्रवेश गरी बल प्रयोग गरेको थियो। १७५१ किलामीटर नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षाबल एसएबीले कतै सीमा अतिक्रमण गर्ने, कतै दशगजामा सडक निर्माण गर्ने त कतै नेपालीलाई किनमेलको लागि भारतीय बजारमा जाँदा कुटपिट गर्दै आएका छ।
गत साउनमा सप्तरी जिल्लाको तिलाठीमा भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायतका नागरिकले नेपालतर्फको दशगजा मिचेर बनाउँदै गरेको बाँध निर्माण देवनारायण यादवको नेतृत्वमा नेपालीले लडेर असफल पारेका थिए।
एसएसबीको गोलीले कञ्चनपुरमा एक नेपालीको मृत्यु
Previous Article२६ फागुन २०७३, ढोरपाटन दैनिक
Next Article जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो