सांसद रवीन्द्र अधिकारीको लिखित असहमति
काठमाडौं, १३ भदौ – गगन थापासहित तीन जना सांसदले दर्ता गराएको स्वास्थ्य शिक्षा क्षेत्र सुधारका लागि गोविन्द केसीले राखेका मागका विषयमा छलफल गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावले भने संसदमा प्रवेश नपाउने भएको छ ।
कांग्रेस सांसद मिनबहादुर विश्वकर्मा नेतृत्वको प्रस्ताव छनौट समितिले यस पटकका लागि थापाको प्रस्ताव छलफल नगराउने निर्णय गरेको हो । छनौट समितिको निर्णयमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने लिखित असहमति राखेका छन् ।
जिम्मेवार दलका सांसदले दर्ता गराएको प्रस्ताव छलफलमा लैजानुपर्ने आफ्नो मागमा समितिमा रहेका कांग्रेस र माओवादी सांसदहरु तयार नभएको उनले बताए । छनौट समितिका संयोजक विश्वकर्माले भने थापाको प्रस्ताव ‘अस्वीकृत भएको नभई छनौटमा नपरेको’ बताए । ‘सडक दुर्घटना अहिलेको प्राथमिकताको विषय हो,’ उनले भने, ‘छलफल गरेर टुङ्गोमा नपुगिने प्रस्तावभन्दा जनताको जीवनसंग जोडिएको विषयलाई प्राथमिकता दिने निर्णय भएको हो ।’
थापा स्वास्थ्यमन्त्री नियुक्त भएकाले पनि उनको प्रस्तावमाथि संसदमा छलफल हुने संभावना टरेको संसद सचिवालयका एक अधिकारीले वताए । ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव सरकारी बिजनेश होइन, सांसदको प्रस्ताव हो,’ सचिवालयका एक अधिकारीले भने, ‘प्रस्तावकै जवाफ दिने ठाउँमा पुगेकाले परिस्थिति फरक परेको छ ।’
संसदको नियमावली र संसदीय अभ्यास अनुरुप जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सरकारका तर्फबाट सम्बन्धित विभागिय मन्त्रीले जवाफ दिनुपर्छ । थापाको प्रस्तावलाई कांग्रेस सांसद धनराज गुरुङ्ग र माओवादी केन्द्रका श्याम श्रेष्ठले समर्थन गरेका थिए ।
लोकमानको महाअभियोग प्रस्ताव-अव के गर्छन गगन थापा ?
Previous Articleजहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका पाइलट पक्राउ
Next Article प्रम दाहालको योजना : संविधान संशोधनपछि भारत