काठमाडौं, १८ फाल्गुन – आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनीयाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ ।
सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम रुप दिन चीन गएको हो । टोलीमा युद्धभैरव गणका कमान्डेन्ट महासेनानी मदन केसी पनि सहभागी छन् ।
विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चीनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास गर्न लागेको हो । सैन्य अभ्यास मार्च महिनाभित्र गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।
Previous Articleपक्राउ परे ३३ किलो सुन तस्करीका नाइके
Next Article निर्वाचन आचारसंहिता लागू, यस्तो छ आचारसंहिता