नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जनताको बचत नै ऋण लगानी भएको बताउदै अहिले बजारमा चलेको हल्ला जस्तो ऋण नतिर्ने भन्ने नहुने बताउनु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको ३० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनमा बोल्दै उहाँले जनताले जम्मा गरेको बचत रकम नै बैंक तथा बित्तिय संस्थाले ऋणको रुपमा परिचालन गर्ने भएकोले कसैले तिर्दिन भनेर सुख नपाइने धारणा राख्नु भयो । उहाँले ब्याजदरका विषयमा छलफल हुन सक्ला तर, ऋणै नतिर्ने भन्ने हुन नसक्ने बताउनुभयो । कसैले उक्साएर ऋण मिनाहा हुने होइन, ऋण लिए पछि तिर्नै पर्छ तर समय सापेक्ष ब्याजदर केही हेरफेरका लागि प्रयास गरिनु स्वभाविक…
Author: Amrit Baskune
नेकपा एमाले म्याग्दीले फागुन मसान्त भित्र पालिका अधिवेशन सम्पन्न गर्ने कार्यदिशा अनुसार स्थानियतहको अधिवेशन शुरु गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको दोश्रो अधिवेशनबाट प्रगति कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरेको हो । शुक्रबार भएको गाउँपालिका अधिवेशनले कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उप–सचिवमा केशव गर्बुजा र सुशील घर्तीलाई चयन गरेको एमाले म्याग्दीले जनाएको छ । त्यसैगरी अधिवेशनबाट सदस्यहरुमा मनबहादुर बिक, कुलमति बिक, तिलाराम बिक, भिममती शेरपुञ्जा, लालबहादु भण्डारी, तुलकुमारी जुगजाली, गंगा रसाइली, भिमबहादुर पाइजा, रामबहादुर कुमाई, भवि विश्वकर्मा, धनबहादुर बुढाथोकी, लोकबहादुर पुन, मनकुमारी…
अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकले यस्तै अनुभूति गर्न पाउँछन् । पुन समुदायको कूलदेवता ‘करबाकेली बाबा’को अनुसन्धान गरेर विसं २०६६ देखि निर्माण सुरु भएको करबाकेली थान, पदमार्ग, पुन सङ्ग्राहलयलगायतका पूर्वाधार निर्माणले यो क्षेत्र अहिले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । समुद्री सतहबाट दुई हजार तीन सय ३२ मिटर उचाइमा अवस्थित करबाकेली धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका करिब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थल…
हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रका कृषकले लगाएको तरकारी जङ्गली जनावर नाउरले खाएर नष्ट गर्ने गरेको छ । जलवायु परिवर्तन तथा अहिलेको सुक्खायामका कारण उच्च हिमाली क्षेत्रमा चरनको अभाव भएपछि नाउरले हिमालनजिक रहेका मुस्ताङको मार्फालगायतको क्षेत्रमा आएर तरकारी बाली खाएर सताउन थालेको हो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयका अनुसार नाउरले हरेक जसो बिहानको समयमा बागवानी फार्मको स्याउ तथा ओखरको बगानमा अन्तरबालीका रूपमा लगाइएको काउली, बन्दालगायतका तरकारी बाली खाएर सताउने गरेको छ । बिहानै बगानमा निस्कँदा प्रायः नाउरको बथान आउने र अन्तरबालीका रूपमा लगाइएका तरकारी खाने गरेको छ । आत्रेयले भन्नुभयो, “सधैँजसो आउने भएकाले खासै भाग्दैन, अलिक अटेरी गर्दै खान्छ, चिच्याउने कराउने…
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानवअधिकारबारेमा फरक–फरक धारणा आउने भए पनि विकास र मानवअधिकार एकै सिक्काका दुई पाटा रहेको बताउनुभएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजना तथा इन्सेकको समन्वयमा भएको मानवअधिकार र मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका अर्यालले मानवअधिकारको परिभाषा व्यापक हुने बताउँदै अहिलेको हाम्रो विकास मानवअधिकार भएको बताउनुभयो । उहाँले मानव परिवार सबै सदस्यको अन्तर्निहित मान तथा सम्मान र अविच्छिन्न अधिकारको मान्यता स्वतन्त्र न्याय र शान्तिको आधार पनि मानवअधिकारको विश्वव्यापी घोषणापत्रमै उल्लेख भएको बताउनुभयो । मानवअधिकारसम्बन्धी पाँचौँ कार्ययोजनाले तोकेको काम गर्न…
म्याग्दीमा भलिबल खेलको विकासका लागि साढे ४६ लाख रुपियाँ बराबरको अक्षयकोषको स्थापना गरिएको छ । विभिन्न पेसा र रोजगारीका लागि विदेशका विभिन्न मुलुकमा पुगेका म्याग्देलीहरुले चन्दा सहयोग जुटाएर सङ्कलित भएको ४६ लाख ५१ हजार तीनसय ९९ रुपियाँबाट म्याग्दी जिल्ला भलिबल सङ्घ अक्षयकोष स्थापना गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । अक्षयकोषका लागि संकलत रकम हस्तान्तरणका लागि आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाल सङ्घ (मोना) युकेका अध्यक्ष कुमार फगामीले प्रतिनिधिसभा सदस्य खमबहादुर (खमबिर) गर्बुजामार्फत जिल्ला भलिबल सङ्घका अध्यक्ष बानियाँलाई ४३ लाख ६१ हजार तीनयसय ९९ रुपियाँ बराबरको रकम हस्तान्तरण गर्नुभयो । बेलायतमा बसोबास गर्नुहुने मोना युकेका अध्यक्ष फगामीको पहलमा…
विसं. २०७५ को फागुन १५ गतेले पोखरेलीलाई स्तब्ध बनायो । सो दिन तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्कनेक्रममा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युभयो । पोखरेलीले मङ्गलबार विभिन्न कार्यक्रम आयोजना गरी त्यो दुःखद दिन र अधिकारीलाई सम्झेका छन् । पाथिभाराको दर्शन गरेर फर्कनेक्रमममा ताप्लेजुङको फुङलिङ नगरपालिका –१० सिस्ने खोलामा अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको थियो । छैठौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखरेलीले अधिकारीको योगदानको चर्चा गरेका छन् । मंगलबार बिहान पोखरा महानगरपालिका वडा १८ मा रहेको राष्ट्रिय विभूति तथा सहिद पार्कमा रहेको रवीन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरियो । पोखरा महानगरका…
म्याग्दीको मालिका गाउँपालिका-४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका-४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी दलबहादुर घर्तिमगर पुन र उहाँकी श्रीमती भानुदेवीले चौरासी वर्ष पुगेको अवसरमा च्युरीबोटको सिद्धार्थ माविमा आइतबार छ लाख १० हजार र ओखरबोट माविलाई दुई लाख एक सय ५३ सहयोग गर्नुभएको हो । चौरासी वर्ष पुगेका अवसरमा गरिने पूजाआजा, भोजभतेर, दानदक्षिणाका नाममा हुने फजुल खर्च कटाएर आफ्नो जन्मथलोमा रहेको विद्यालयमा सहयोग गरेको दलबहादुरले बताउनुभयो । “हामीले शिक्षा नपाएर जीवनमा धेरै दुःख भोग्नुुपर्यो,” उहाँले भन्नुभयो, “हाम्रा नातिनातिनाले…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न रु १० लाख बढी सहयोग जुटाएको छ । ग्रामीण भेगमा रहेको यस विद्यालयका विद्यार्थीलाई आधुनिक शिक्षण सिकाइ क्रियाकलापमार्फत पठनपाठन गराउनेगरी आगामी वैशाखदेखि हरेक साताको शुक्रबार विद्यार्थीलाई विद्यालयमा पाठ्यपुस्तकरहित ‘आइसिटी फर फ्राइडे’ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक कुमार गर्बुजा पुनले जानकारी दिनुभयो । विद्यालयले केही महिनायता उक्त कार्यक्रमका लागि सञ्चालन गरेको आर्थिक सङ्कलन अभियानमा अहिलेसम्म रु १० लाख ५७ हजार सहयोग सङ्कलन भएको प्रअ पुनले बताउनुभयो । उहाँका अनुसार…
हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन । तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ । बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकामा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन् । समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे । तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन् । हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न…