२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदभार ग्रहणसँगै चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका छन् । यसअघिका प्रधानमन्त्रीहरुले पदभार ग्रहणपछि एउटा निर्णयमा हस्ताक्षर गर्ने गर्थे । तर, बिहीबार सपथपछि पदभार ग्रहण गरेका प्रचण्डले चारबुँदे निर्देशनमा हस्ताक्षर गरे । प्रचण्डको पहिलो निर्णय गरिबका लागि सरकार कार्यक्रममा छ । पहिचानका क्रममा रहेका गरिव घरपरिवारको परिचान कार्यलाई सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिबका लागि सरकार कार्यक्रम संचालन गर्ने निर्णउमा उल्लेख छ । यस अभियानमा आयआर्जन, शिक्षा, स्वाथ्य विमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैक तथा बजार एकीकरण र खाद्य सुरक्षा जस्ता कार्यक्रमहरु सञ्चालन गरिने प्रचण्डको निर्णयमा उल्लेख छ । दोस्रो…