अर्जुन कार्की बागलुङ, ५ भदौ – खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले आदिमकालदेखि बसोबास गर्दै आएका खस समुदायलाई सरकारले अन्य भनेर अवहेलना गरेको बताएका छन् । आज (आईतबार) क्षत्री समाज बागलुङले आईतबार आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रममा बोल्दै खातीले उक्त कुरा बताएका हुन । उनले खस समुदायहरुलाई आदिवासीको सूचीमा राख्न र क्षत्रीहरुको संरक्षणको लागि सबै क्षत्रीहरु एकजुट भई लाग्नुपर्नेमा जोड दिएका छन् । देश संघीयतामा गएसँगै जातिय प्रदेशको लागि सबै जातजातिहरुले पहल गरेको बताउँदै खस समुदायहरुको लागि पनि प्रदेश चाहिने बताए । ‘खस समुदायको पहिचान र सामाथ्र्य रहेको छ’ संयोजक खातीले भने ‘त्यसैले नै खस समुदायलाई खसान प्रदेश दिनुपर्छ…
Author: Amrit Baskune
बागलुङ, ५ भदौ -देशभर चर्चामा आएको राष्ट्रिय आबिष्कार केन्द्रलाइ ४ वटा सूचक सहितको मोडलमा विकास गरिने म्यागासेसे पुरस्कार बिजेता महाविर पुनले बताएका छन् । शनिवार बागलुङमा आयोजित एक कार्यक्रममा पुनले आविष्कार केन्द्र जनताको चन्दाबाट संचालन गर्ने गरी देशभरी आर्थिक संकलन अभियान थालिने बताए । कम्तिमा ५० करोड रुपैयाँ सहित संचालन गर्नेगरी सरकारसँग माग गर्दा नपाएपछि उनले जनताको चन्दाबाट केन्द्र संचालन गर्ने तयारी गरेको बताए । विज्ञान मन्त्रालयले ४/५ करोड दिन्छु त भनेको थियो तर मैले सो रकम लिन्न भने, पुनले भने– ‘चार बर्षदेखि सरकार प्रमुख र मन्त्रालय धाउदा पनि नदिएपछि सरकारको रकम नलिने घोषणा गरेको हुँ ।’ केन्द्र संचालनमा आएपछि पहिलो पटक देशभरका युवाहरुको…
बागलुङ, ५ भदौ – सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्षमा ओमबहादुर विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका छन् । संघको शनिबारदेखि सुरु भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत रुपमा चयन गर्न सफल भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा युवराज राजभण्डारी, द्धितीय उपाध्यक्ष महेन्द्र विक, सचिवमा अनिलकुमार विक, कोषाध्यक्षमा आदर राजभण्डारी, सहकोषाध्यक्ष राजेन्द्र विक, सहसचिवमा कविराज विक रहेका छन् । सदस्य मनबहादुर विक, सिता राजभण्डारी, राजेन्द्र विक, खेम विक, अशोक विक रहेको सचिव अनिल कुमार विकले जानकारी दिए ।
५ भदौं २०७३, ढोरपाटन दैनिक 5 Bhadra 2073, Dhorpatan Daily
तीते करेली कृष्णराज शर्मा कुनै पनि कार्यको थालनी गर्दा होस्, अथवा कतै बाटो लाग्दाहोस्, शुभ साईत हेरिन्छ । यो शुभ साईतको बारेमा मान्छेहरूका फरक–फरक विश्वास र धारणाहरू छन् । कसैले मान्छन् । कसैले मान्दैनन् । मान्ने त मान्ने नै भए । नमान्नेले पनि थालेको कामको उल्टो परिणाम हात परेपछि अथवा त्यस्तो घटना घटेपछि कार्यारम्भ पूर्वको अवस्थाको लेखाजोखा गरेर साईत जुराउन पर्ने रहेछ भन्छन् । भयङ्कर आस्तिकहरू पनि मन–मनै साईत हेरेर काम गर्छन् । बाटो लाग्छन् । यि आस्तिकहरू आफ्ना सन्तानसँग कुरो लुकाएर बुढाबुढीले खुसुक्क कान–कानमा साईतका कुरा गर्छन् । मैले भन्न हुन्न के तैंले सुटुक्क चीना हेराई । ज्योतिषीले के भन्छ त्यही गरम्ला बुढी । छोराछोरीलाई नभन्नु, बुझिस् ? यो चीना…
संविधान पूर्णरुपमा कार्यान्वयन भएपछि संघीय नेपालका तीन तहमध्ये सबैभन्दा तल्लो राजनीतिक इकाई स्थानीय तह हुनेछ । यो स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना निर्धारणका लागि हाल स्थानीय तह पुनर्संरचना आयोगले देशव्यापी रूपमा छलफल चलाएको छ । आयोगले करिब ७ सय जना सरोकारवाहरुसंग छलफल र उपलब्ध राष्ट्रिय तथ्यांकहरुको विश्लेषण गरी प्रारम्भिक रूपमा देशभर ५ सय ६५ स्थानीय निकायको प्रस्तावित खाका तयार पारेको छ । छलफलमा आउँने सुझाव र प्रतिक्रियाहरु स्थानीय तहको आर्थिक क्षमता, सेवा प्रवाहको सामथ्र्य, संविधानले दिएका अधिकारहरूको उपभोग गर्ने आधारहरु भन्दा पनि यसको संख्यामा केन्द्रित देखिएको छ । कतिपय राजनीतिक दलले स्थानीय तहको प्रस्तावित संख्या नै न्यून भयो भन्ने सतही टिप्पणी…
मुस्ताङ, ५ भदौ – उत्तरी छिमेकी राष्ट्र चीन र नेपाल बिच संचालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिवार देखि शुरु भएको छ । मेला शुरु भएसंगै केही दिनको लागि कोरला नाका पनि खुलेको छ । उपल्लो मुस्ताङका स्थानिय व्यापारी र चीनको तिब्बतका व्यापारी बिच वर्षको दुईपटक कोरला नाका खुलाई व्यापार मेला संचालन गर्ने परम्परा अनुसार मेला शुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए । वर्षमा दुई पटक आलोपालो चीन र नेपालको भूमिमा व्यापार मेला संचालन गर्ने सहमति भएको भएतापनि यस वर्ष दुई पटक चीनको भूमिमा मेला संचालन भएको हो । यस वर्ष गत असारको १ गते देखि २५ गते सम्मको लागि…
ढोरपाटनको १३ औं वार्षिकोत्सव विशेषांक dhorpatan 13 anniversary 2073
काठमाडौं, ४ भदौ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच शनिवार बिहान भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी मोदीलाई पठाएको विशेष सन्देशसहितको पत्र पनि हस्तान्तरण गरेका थिए। आफ्नै निवास सेभन रेस कोर्समा भएको भेटमा मोदीले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्ने बचन दिएका छन् । ‘प्रधानमन्त्रीले भारत सरकार र भूकम्पपछिको पुनर्निर्माणमा नेपाली जनतालाई सहयोग गर्न प्रतिवद्ध छ भन्नु भएको छ’ प्रधानमन्त्रीको कार्यालयले भनेको छ । अघिल्लो वर्ष वैशाखमा भएको विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने ठूलो दाता हो भारत । र, प्रचण्ड सरकारले भूकम्प प्रभावित परिवारलाई थप एक लाख अनुदान दिन चाहेको भन्दै यसमा भारतीय सहयोग चाहेको छ…
बागलुङ,४ भदौ–अहिले देशभर चर्चामा रहेको राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महावीर पुनले केपी ओली सरकारले केन्द्रलाई ५ करोड दिएपनि आफुले लिन नमानेको वताएका छन् । आविस्कार केन्द्रको प्रचारका लागि शनिवार बागलुङ आएका पुनले अन्तरक्रिया कार्यक्रममा भने– प्रधानमन्त्री (सरकार) लाई मैले ५० करोडको प्रस्ताव पेश गरेको थिए, अन्तिम अवस्थामा आएर ओली सरकारले विज्ञान मन्त्रालय मार्फत ४÷५ करोड लैजान भन्यो, मैले लिन्न भनेको हुँ ।’ विगत चार बर्षदेखि सरकारको आश्वसान कुरेर वसेको भएपनि बजेट भाषणमा आफ्नो कार्यक्रम नपरेपछि जनतालाई महादान माग्न आएको छु, पुनले भने–अव आविस्कार केन्द्र तपाईहरु जस्तै सवै नेपालीको सहयोगबाट सञ्चालन गर्ने हो । सहयोगका लागि सवैतिरबाट फोन र इमेल आइरहेका…