५ भदौं २०७३, ढोरपाटन दैनिक 5 Bhadra 2073, Dhorpatan Daily
Author: Amrit Baskune
तीते करेली कृष्णराज शर्मा कुनै पनि कार्यको थालनी गर्दा होस्, अथवा कतै बाटो लाग्दाहोस्, शुभ साईत हेरिन्छ । यो शुभ साईतको बारेमा मान्छेहरूका फरक–फरक विश्वास र धारणाहरू छन् । कसैले मान्छन् । कसैले मान्दैनन् । मान्ने त मान्ने नै भए । नमान्नेले पनि थालेको कामको उल्टो परिणाम हात परेपछि अथवा त्यस्तो घटना घटेपछि कार्यारम्भ पूर्वको अवस्थाको लेखाजोखा गरेर साईत जुराउन पर्ने रहेछ भन्छन् । भयङ्कर आस्तिकहरू पनि मन–मनै साईत हेरेर काम गर्छन् । बाटो लाग्छन् । यि आस्तिकहरू आफ्ना सन्तानसँग कुरो लुकाएर बुढाबुढीले खुसुक्क कान–कानमा साईतका कुरा गर्छन् । मैले भन्न हुन्न के तैंले सुटुक्क चीना हेराई । ज्योतिषीले के भन्छ त्यही गरम्ला बुढी । छोराछोरीलाई नभन्नु, बुझिस् ? यो चीना…
संविधान पूर्णरुपमा कार्यान्वयन भएपछि संघीय नेपालका तीन तहमध्ये सबैभन्दा तल्लो राजनीतिक इकाई स्थानीय तह हुनेछ । यो स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना निर्धारणका लागि हाल स्थानीय तह पुनर्संरचना आयोगले देशव्यापी रूपमा छलफल चलाएको छ । आयोगले करिब ७ सय जना सरोकारवाहरुसंग छलफल र उपलब्ध राष्ट्रिय तथ्यांकहरुको विश्लेषण गरी प्रारम्भिक रूपमा देशभर ५ सय ६५ स्थानीय निकायको प्रस्तावित खाका तयार पारेको छ । छलफलमा आउँने सुझाव र प्रतिक्रियाहरु स्थानीय तहको आर्थिक क्षमता, सेवा प्रवाहको सामथ्र्य, संविधानले दिएका अधिकारहरूको उपभोग गर्ने आधारहरु भन्दा पनि यसको संख्यामा केन्द्रित देखिएको छ । कतिपय राजनीतिक दलले स्थानीय तहको प्रस्तावित संख्या नै न्यून भयो भन्ने सतही टिप्पणी…
मुस्ताङ, ५ भदौ – उत्तरी छिमेकी राष्ट्र चीन र नेपाल बिच संचालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिवार देखि शुरु भएको छ । मेला शुरु भएसंगै केही दिनको लागि कोरला नाका पनि खुलेको छ । उपल्लो मुस्ताङका स्थानिय व्यापारी र चीनको तिब्बतका व्यापारी बिच वर्षको दुईपटक कोरला नाका खुलाई व्यापार मेला संचालन गर्ने परम्परा अनुसार मेला शुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए । वर्षमा दुई पटक आलोपालो चीन र नेपालको भूमिमा व्यापार मेला संचालन गर्ने सहमति भएको भएतापनि यस वर्ष दुई पटक चीनको भूमिमा मेला संचालन भएको हो । यस वर्ष गत असारको १ गते देखि २५ गते सम्मको लागि…
ढोरपाटनको १३ औं वार्षिकोत्सव विशेषांक dhorpatan 13 anniversary 2073
काठमाडौं, ४ भदौ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच शनिवार बिहान भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी मोदीलाई पठाएको विशेष सन्देशसहितको पत्र पनि हस्तान्तरण गरेका थिए। आफ्नै निवास सेभन रेस कोर्समा भएको भेटमा मोदीले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई सहयोग गर्ने बचन दिएका छन् । ‘प्रधानमन्त्रीले भारत सरकार र भूकम्पपछिको पुनर्निर्माणमा नेपाली जनतालाई सहयोग गर्न प्रतिवद्ध छ भन्नु भएको छ’ प्रधानमन्त्रीको कार्यालयले भनेको छ । अघिल्लो वर्ष वैशाखमा भएको विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा सहयोग गर्ने ठूलो दाता हो भारत । र, प्रचण्ड सरकारले भूकम्प प्रभावित परिवारलाई थप एक लाख अनुदान दिन चाहेको भन्दै यसमा भारतीय सहयोग चाहेको छ…
बागलुङ,४ भदौ–अहिले देशभर चर्चामा रहेको राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महावीर पुनले केपी ओली सरकारले केन्द्रलाई ५ करोड दिएपनि आफुले लिन नमानेको वताएका छन् । आविस्कार केन्द्रको प्रचारका लागि शनिवार बागलुङ आएका पुनले अन्तरक्रिया कार्यक्रममा भने– प्रधानमन्त्री (सरकार) लाई मैले ५० करोडको प्रस्ताव पेश गरेको थिए, अन्तिम अवस्थामा आएर ओली सरकारले विज्ञान मन्त्रालय मार्फत ४÷५ करोड लैजान भन्यो, मैले लिन्न भनेको हुँ ।’ विगत चार बर्षदेखि सरकारको आश्वसान कुरेर वसेको भएपनि बजेट भाषणमा आफ्नो कार्यक्रम नपरेपछि जनतालाई महादान माग्न आएको छु, पुनले भने–अव आविस्कार केन्द्र तपाईहरु जस्तै सवै नेपालीको सहयोगबाट सञ्चालन गर्ने हो । सहयोगका लागि सवैतिरबाट फोन र इमेल आइरहेका…
बागलुङ, ४ भदौ – प्रत्येक कार्यालयमा सूचना अधिकारी तोक्ने र उनीहरुको फोटो सहितको नाम नराख्ने कार्यालय प्रमुखलाइ कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा आयोजित राष्ट्रिय सूचना दिवश समारोहमा बोल्दै प्रजिअ पाण्डेयले प्रत्येक नागरिकले मागेका सूचना दिन सबै कार्यालय, संघसंस्था र राजनीतिक दल बाध्य हुने बताए । ‘मागेको सूचना पाउनैपर्छ, जवसम्म सूचना लुकाउने अवस्था रहन्छ, त्यहा“ कमजोरी छ भन्ने बुझीन्छ’ पाण्डेयले भने, ‘राज्यको अग्रगामी विकासका लागि सूचनाको पहु“च आम नागरिकमा पुग्न जरुरी छ ।’ सूचना लुकाएको र मागेको समयमा नदिएको थाहा पाएमा त्यस्ता सूचना अधिकारी र कर्मचारीलाइ…
बागलुङ, ४ भदौ – गाईजात्रा पर्वको दिन बागलुङ सदरमुकाममा १ वर्ष पहिला दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै गाईजात्रा प्रदर्शन गरियो । विशेष गरि नेवार समुदायले मनाउने गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायमचा बनाएर नगर परिक्रमा गरिएको छ । मृत्यूलाई स्वभाविक र शास्वत सत्यका रुपमा आत्मसाथ गर्दै जीवनमा राम्रो काम गरे हाँसोको पात्र बन्नु पर्दैन भन्ने सन्देशका साथ बागलुङ जिल्लामा रहेका नेवार समुदायद्वारा गाईजात्र प्रदर्शन गरेका हुन । मृतात्माको स्मरण गर्दै स्वर्गमा वास होस् भन्नाका खातीर एक वर्षसम्म मृत्यू भएका नेवार समुदायको घरघरबाट यस वर्ष गाईजात्रा निकालिएको छ । पुरानो आख्यान अनुसार ने.सं. ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा राजकुमार…
बागलुङ, ४ भदौ – हिमालयन क्लाइमेट इनिसेटिभ नामक गैरसरकारी संस्थाको अगुवाइमा बागलुङको विभिन्न विद्यालयका बालबालका लाइ छात्रवृत्ति दिइएको छ । सद्भाब छात्रवृत्ति नाम दिइएको छात्रवृत्तिमा बिदेशीको सहयोग बिनानै नेपालीले नेपालीलाइ दिइएको हो । बागलुङ नगरपालिकाका कालिका कन्या मावि र विश्वकर्मा उमाविका २० जना तथा गलकोट उमावि हटिया र जनहित मावि मल्मका २० गरी ४० जना बालबालिका लाइ छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति अन्र्तगत बालबालिका लाइ एक बर्ष सम्म पुग्ने सामाग्री दिइएको हो । झोला, कापीकलम, विद्यालय पोशाक र जुत्ता समेत दिइएको कार्यकारी निर्देशक सिलसिला आचार्यले बताइन् । जापानमा बस्दै आएका राजकुमार लामिछाने र काठमाण्डौका रोहित सिंहले यो अभियानमा सहयोग गरेका…