Author: Amrit Baskune

काठमाडौं, ७ भदौ –एमालेमा स्थानीय निकायको संख्या धेरै ठूलो बनाउन नहुने बहस सुरु भएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेकै संख्याको सेरोफेरोमा सहमति खोज्ने गरी अघि बढ्नुपर्ने धारणा नेताहरुले राखेका छन् । स्थायी समितिको जारी बैठकमा सोमबार स्थानीय तह निर्धारण सम्बन्धि एजेण्डामा छलफल भएको थियो । बैठकमा अध्यक्ष केपी ओलीले स्थानीय निकायको पुनर्संरचना गर्न गठित आयोगको प्रस्तावकै सेरोफेरोमा रहेर सहमति खोज्ने प्रयास गर्नुपर्ने धारणा राखेका छन् । तर बैठकले कति संख्या बनाउने भन्ने औपचारिक निर्णय भने गरेन । स्थानीय निकायको पुनर्सरचना गर्दा संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्न सक्ने गरी निर्धारण गर्नुपर्ने औपचारिक धारणा भने सोमबार तय गरेको…

Read More

 काठमाडौं, ७ भदौ –  कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशन गर्न चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिका लागि १२ दिन बस्ने, खाने र महाधिवेशन तयारीका लागि पौने पाँच करोडभन्दा बढी खर्च भएको हो । नेविसंघले लागेको कुल खर्च ननिकाले पनि तीन हजार प्रतिनिधि प्रत्येकका लागि १२ दिनसम्म खान र बस्न चार करोड ३२ लाख र अरू तयारीका लागि ५० लाखजति खर्च भएको हो ।नेविसंघले २३ देखि २५ साउनसम्म तीन दिनका लागि बढीमा एक करोड ८६ लाख खर्च लाग्ने हिसाब निकालेको थियो । तर, महाधिवेशन लम्बिदै जाँदा तीन करोडभन्दा बढी…

Read More

लन्डन– मिस यूके नेपाल–२०१६ को उपाधि टेनिसा रानाले हात पारेकी छन्। अल्डसटको अल्डरसटस्थित एम्पायर बैंक्युटिङ हलमा आइतबार सम्पन्न प्रतियोगितामा अन्य ८ प्रतियोगीलाई उछिन्दै रानाले उपाधि पाउन सफल भएकी हुन्। सन् २००६ देखि बेलायतमा बस्दै आएकी पोखराकी राना क्विनम्यारी युनिभर्सिटी लन्डनमा मेडिसिन विषय अध्ययनरत छिन्। प्रतियोगितको टाइटल हात पारेपछि खुसी हुँदै उनले आगामी दिनमा परोपकारी काम गरेर मानवीय सहयोगमा जुट्ने प्रतिबद्धता जनाइन्। प्रतियोगितामा प्रशंसा लिम्बूले फस्ट रनर अपको उपाधि हासिल गरिन्। त्यस्तै सेकेन्ड रनर अप विभिया श्रेष्ठ भइन्। इभेन्ट एन्ड आइडियाजले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौ संस्करण हो। प्रतियोगिताको प्रमुख कोरियोग्राफर तथा प्रशिक्षक नायिका प्रियंका कार्की थिइन्। उनी सोही…

Read More

बलिउड अभिनेत्री राधिका आप्टे पुनः चर्चामा छिन् । नयाँ फिल्म ‘पाच्र्ड’का लागि दिएको ‘न्युड सिन’ गत साता सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो । भारतीय राज्य गुजरातको दुर्गम क्षेत्रका तीन महिलाको संघर्षमय जीवनलाई ‘पाच्र्ड’ले मूल कथावस्तु बनाएको छ । सिनेमाघरमा फिल्म रिलिज गरिनुअघि नै यसले इन्टरनेसनल फेस्टिभल सर्किट अवार्ड जितिसकेको छ । लिक भएको न्युड सिनमा राधिका नग्न भएर ‘टङकिस’मा मग्न छिन् । यसअघि नुहाउँदै गर्दा उनले लिएको सेल्फीसमेत लिक भएको थियो । फिल्म फ्रान्समा रिलिज गरिएको र त्यहीँबाट कसैले सिनको भिडियो खिचेर इन्टरनेटमा हालिदिएको हुनसक्ने फिल्म निर्माण युनिटको भनाइ छ ।

Read More

काठमाडौं, ६ भदौं – प्रधानमन्त्री पुष्पकमल दाहालले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिँदै गर्दा मधेसी  मोर्चाले भने पहिला प्रतिनिधिसभाको निर्वाचन गर्न माग गरेको छ। मधेसी मोर्चाको सचिवालयको सोमबार बसेको बैठकले पहिला प्रतिनिधिसभाको निर्वाचन गर्न माग गरेको हो। सरकारले पहिला स्थानीय निकाय प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने गरी तयारी थालिरहेको बेलामा सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले भने पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने माग गरेको हो। मोर्चाले पहिला प्रतिनिधिसभाको निर्वाचन, त्यसपछि प्रदेश  र स्थानीय निकायको निर्वाचन गर्दा अहिले देखिएको राज्य पुर्नसंरचना आयोगको कामको विवादसमेत अन्त्य हुने जिकिर गरेको छ। राज्य पुर्नसंरचना आयोगले स्थानीय निकायको संख्या ५६५ बनाउन प्रस्ताव…

Read More

शिवराज खत्री मंगलसेन, ६ भदौं – युवा स्वरोजगार कार्यक्रमअन्तर्गत लगानी गरिएको एक करोड रुपैयाँ जोखिममा परेको छ । कृषि विकास बैंक मंगलसेन शाखा कार्यालयले ७४ जनालाई दिएको उक्त रकम जोखिममा परेको हो । सरकारी योजनाअनुसार कृषि कार्यालयले न्यूनतम एक लाखदेखि तीन लाखसम्म रकम बिनाधितो दिएको थियो । २०६९ सालदेखि २०७० असार सम्ममा खुद्रा व्यापार, कुखुरा, गाईभैंसी पालनलगायतका आयमूलक कार्यक्रम सञ्चालनका लागि उनीहरूलाई मासिक १२ प्रतिशत ब्याज दरमा बिनाधितो रकम प्रदान गरिएको थियो । नागरिकता र तमसुकमात्र गराएर दिएको उक्त रकम डुब्ने अवस्थामा पुगेको कृषि विकास बैंकले निष्कर्ष निकालेको छ । साँवा रकम फिर्ता गर्नु त कता हो कता, अधिकांशले हालसम्म ब्याजसमेत…

Read More

म्याग्दी, ६ भदौं – जिल्लाको ताकम–८ मच्छिममा रहेको तामाखानी बर्षौदेखी प्रयोगविहीन बनेको छ । बस्तीबाट टाढा जंगलभित्र रहेको खानी उत्खनन्मा स्थानीयले चासो देखाएपनि राज्यको संयन्त्रबाट अपेक्षाकृत सहयोग प्राप्त नभएकाले भग्नाबशेषमा परिणत हुदै गएको हो । करिव साढे तीनसय बर्ष पुरानो खानी २७ फिट उचाईको खानीभित्र पस्ने खाल्डो बाढीले पुरिँदै गएको छ । खानीको अवस्था बुझ्ने क्रममा लामो सुरूङ देखिनुका साथै तामाजस्तै रंग भएको ढुंगा समेत फेला परेको थियो । सुरूङ प्रवेशद्धारमा खानी खनेको खोप्पा, पानीको मुहान, तामाको रंग देखिने गरेको छ । स्थानीय सिपको आधारमा उत्खनन् गरिदै आएको तामालाई राज्यले अंकुश लगाउँदै आम्दानीको दोब्बर कर तिनुपर्ने बाध्यता सृजना गरेपछि बन्द भएको थियो । नेपाल सरकारले देशभरी रहेका…

Read More

ज्यो. सूर्य पौडेल २०७३ भाद्र ६ सोमबार, चतुर्थी २२ अगष्ट २०१६ तपाईको आज मेष– सामाजिक स्थानमा खलबल आउने । वृष– आफन्तजनसँग रमाइलो भेटघाट हुने । मिथुन– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने । कर्कट– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने । सिंह– वादविवादबाट टाढै रहनु् श्रेयस्कर । कन्या– मनमा शान्ति मुहारमा कान्ति छाउने । तुला– घरमा नवीन चहलपहल छाउने । वृश्चिक– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने । धनु– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने । मकर– आरोग्यतामा थप वृद्धि हुने । कुम्भ– मनमा असन्तोषरुपी अनल ज्वाला दन्किने । मीन– आदर सत्कार प्राप्त हुने ।

Read More

राजेशचन्द्र रा.भ. नेपालका चर्चित गायक रामकृष्ण ढकालले गाउनु भएको एउटा गीत याद आयो मलाई, ‘यो सब भन्ने कुरा न हो’, सायद यो गीत नसुन्ने कमै नेपाली होलान्, अहिले यातायात क्षेत्रमा भएको सेण्डिकेट हट्यो भन्ने कुरालाई गायक रामकृष्ण ढकालको गीतले नै राम्रो उत्तर दिएको छ । अहिले पनि नेपालमा सबैभन्दा बढी दादागिरी कसको छ भनेर सोध्यो भने जो कोहीले पनि सहज रूपमा उत्तर दिन सक्छन् । त्यो हो यातायात व्यवसायीको । देशमा सवारी दुर्घटनामा परेर दर्जनौ नेपालीको एकसाथ मृत्यु हुने त सामान्य घटना जस्तो भैसक्यो । प्रत्येक दिन एउटा न एउटा सवारी दुर्घटना भएको खबर सुन्नुपर्छ सारा नेपालीले । सरकार कहाँ छ ? के गरिरहेको छ…

Read More