सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सुनदेवी रसाइली गण्डकी प्रदेशमा तीन दिने विपद् प्रतिकार्य अभ्यास हातेमालो २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश सरकार, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाहरू तथा जनस्वास्थ्यका विज्ञहरूको समन्वयमा संचालन गरिएको उक्त अभ्यासले विपद् प्रतिकार्य क्षमताको परीक्षण तथा सुदृढीकरण गर्ने उद्देश्य राखेको थियो । मुस्ताङको कठिन भौगोलिक क्षेत्रमा आयोजित यो कार्यक्रमले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापनको नयाँ आयाम स्थापित गरेको छ । कार्यक्रमको पहिलो दिन नेपाली सेनाका स्वास्थ्य अधिकृत लेफ्टिनेन्ट डा. सन्देश अधिकारीले पावरपोइन्ट प्रस्तुति मार्फत उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्यामाथि गहन छलफलको थालनी गर्नुभएको थियो । उहाँले एक्यूट माउन्टेन सिकनेस (ब्ःक्), हाई अल्टिच्युड सेरेब्रल एडिमा (ज्ब्ऋभ्), हाई अल्टिच्युड पल्मोनरी एडिमा…
रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई २१ लाख ६७ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सको बेंसीशहर शाखाले सवारी दुर्घटनामा परेर निधन भएका बेंसीशहर नगरपालिका ८ की अनिता थापा श्रेष्ठको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । अनिताको गत वैशाख ७ गते डुम्रे–बेंसीशहर सडक अन्तरगत तनहुँको भानु नगरपालिका १० नेपालडाँडामा सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । इन्स्योरेन्सका लमजुङ शाखा प्रमुख राजु गुरुङका अनुसार अनिताले इन्स्योरेन्समा १० लाख रुपैयाँको बीमा गरेकी थिइन् । बीमा अवधिमा उनले ६ किस्ता मात्र भुक्तानी गरेकी थिइन् । अनिताको परिवारले अनिताको निधनपछि बीमापातको रकम र बोनस गरी २१…
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिर ३ र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ। मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४० रुपैयाँ ५० पैसा, एक सय ४२ रुपैयाँ र एक सय ४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय…
पोखरामा जारी श्री गण्डकी सतकुण्डीय कोटीहोम महायज्ञ अन्तर्गत आयोजित वक्तृत्वकला प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल, देवघाटका विद्यार्थी विशाल भण्डारी प्रथम भएका छन्। ‘सनातन संस्कृति गण्डकी कोटीहोम र हामी विद्यार्थी’ शीर्षकमा भएको उक्त प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत भण्डारीले ९२ जना सहभागीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्। गुरुकुलका विद्यार्थीहरू विगतदेखि नै विभिन्न क्षेत्रमा आयोजना हुने प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेका छन्। सनातन धर्म र संस्कृतिसँगै आधुनिक शिक्षामा समेत ध्यान दिइरहेको गुरुकुलले निरन्तर रूपमा दक्ष र बहुपक्षीय विद्यार्थी उत्पादन गर्दै आएको छ। विशालको सफलताले गुरुकुल शिक्षा प्रणालीको प्रभावकारिता र संस्कृत शिक्षाको प्रासङ्गिकता पुनः एक पटक पुष्टि गरेको परमानन्द…
। नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो । कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको डा. झाले जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ,“कोरोना पुष्टि भएका सङ्क्रमित निको भएर घर गइसक्नु भएको छ।” राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकाले नआत्तिन आग्रह गरेको छ। नेपाललगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवा रोग विशेषज्ञ…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक आर्थिक प्रतिवेदन अनुसार बेरुजु कम गर्ने कार्यालयहरु मध्ये देशमै कम बेरुजु रहेको तेश्रो स्थानीय तह बनेको छ । प्रतिशतका हिसाबले हेर्दा करिब शुन्य नजिक अर्थात् शुन्य दशमलब शुन्य चार देखिदा देशकै तेश्रो एवम् गण्डकी प्रदेशको पहिलो बनेको छ । यस गाउँपालिकामा सबै पक्षले गरेको प्रयासले गर्दा नै यो बेरुजु शुन्य नजिक पुग्न सकेको भन्ने नै आम धारणा देखिन्छ र त्यसमा स्थानीय तहका प्रमुख तथा समग्र परिवारकै धारणा उस्तै छ । सबैले गरेको प्रयास र सुशासन तर्फको लगावकै कारण नै आर्थिक पारदर्शीताको अनुहार देखिएको र यो प्रकारको नतिजा आएको भन्ने…
पोखरामा शनिबार आयोजित महिला पत्रकार क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको छ । उनलाई दश हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र सञ्चारिका समूह गण्डकीको सह-आयोजनामा भएको कार्यक्रममा म्याग्दीकी देवीसहित अन्य दुई जना पत्रकारलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा सञ्चारिका समूहका संस्थापक अध्यक्ष एवं राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारी र पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मालाई सञ्चारिका पत्रकारिता पुरस्कार गरिएको थियो । उनीहरूलाई बीस/बीस हजार रुपैयाँ प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूले नेताको गुण गाउने नभएर…
यही जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ । विज्ञहरूको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरू व्यवस्थित हिसावले गरिरहेको बताएको छ । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनी असरले पार्ने समस्या…
पोखरा । गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राती राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन् । उनी आजै भएको संसदीय दलको बैठकबाट बिचैमा निस्किएका थिए । बैठकमा कुरा राखिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका उनी बैठकबाट बाहिरिएका बैठकमा सहभागी एक सांसदले बताए । ‘श्रीमान्, गहिरो आत्म मन्थनपश्चात् म, गण्डकी प्रदेशसभाका सदस्य मा. विकल शेरचन पदबाट तत्काल लागू हुने गरी राजीनामा पेस गर्न चाहन्छु,’ उनले पोस्ट गरेको पत्रमा भनिएको छ । यसअघि आएका बजेट र अहिले निर्माण हुँदै गरेको बजेटमा समेत दुर्गमका मागलाई सम्बोधन हुन नसकेको…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका