बागलुङ, ९ फागुन – गल्कोटका १८ वर्षीय भीम सुनारले एक महिना लगाएर ‘ओसियन’ नामको गाडी निर्माण गरेका छन्। उनले निर्माण गरेको गाडी सोमवार भृकुटीमण्डप काठमाडौँमा सार्वजनिक गरिएको हो ।
सो अवसरमा सुनारले १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्दा डोजर बनाएर प्रदर्शन गरेको त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएको बताए। आज आएर चार पाङ्ग्रे गाडी निर्माण गरेको यो नमुनामात्र भएको उनको भनाईँ छ।
‘मैले गाडी ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो गाडी बनाउन सक्छु’ उनले भने,‘राज्यले सहयोग गरे हामी जस्ता केही गर्न चाहने युवाले स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौं।’
ओसियन नाम दिईएको कारमा मोटरसाईकलको इन्जन प्रयोग गरिएको छ । सानैदेखि यस्तो प्रविधिमा विशेष रुची राख्दै आएका सुनारले टिभी अन्नपूर्णसँगको कुराकानीमा भने, ‘मैले नेपालमा कृषि प्रविधिको क्षेत्रमा नयाँ विकास गर्ने योजना बनाएको छु। ’
उक्त कार निर्माण गर्न अहिलेसम्म लगभग ८० हजार रुपैयाँ खर्च भईसकेको बताएका छन् । उनले उक्त खर्च विदेशमा रहेका आफ्ना आफन्त तथा सहयोगीबाट जुटाएका हुन् । उनले भने, ‘अहिले सबैक्षेत्रबाट मलाई निकै सहयोग भईरहेको छ। यसले मलाई निकै उर्जा तथा हौलसा पैदा भएको छ । ’
नेपालमा काम नपाएर दैनिक हजारौ युवाहरु खाडी मुलुकतिर धाईरहेको भन्दै नेपालको कृषि क्षेत्रमा विकास गर्न सके विदेशीनेलाई रोक्न सकिने बताए । उनको अबको मिसन भनेको कृषि क्षेत्रमा निकै विकास गर्नुहो । उनी भन्छन्, ‘म अब आधुनिक कृषि क्षेत्रको प्रविधी विकासमा ध्यान दिनेछु।’