काठमाडौं, २४ पुस – सन् २०१६ मा सबैभन्दा बढी तातो वर्षको रूपमा देखिएको छ । पहिलोपटक विश्वको तापक्रमको विश्लेषण गरेको कोपेर्निसस् क्लाइमेट चेन्ज सर्भिसले सन् २०१६ को विश्वभरको तापक्रम वृद्धिको विश्लेषण गरेको हो ।
उसले पृथ्वीको सबैभन्दा बढी तापक्रम वृद्धि भएको महिनाको रूपमा गत वर्षको फेब्रुअरीलाई लिएको छ । सो संस्थाका अनुसार सन् १८८० देखि २०१६ सम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीले बढी पाइएको हो । प्रतिवेदनले भनेजस्तै नेपालको तापक्रममा पनि सन् २०१५ मा भन्दा २०१६ मा शून्य दशमलव २ डिग्रीले तापक्रम वृद्धि भएको पाइएको छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार युरोपियन युनियन मातहत रहेको कोपेर्निसस् अर्थात् अब्जर्भेसन प्रोग्रामले तापक्रम वृद्धिदरको विश्लेषण गर्न सुरु गरेको हो । सन् ‘२०१६ मा विश्वकै तापक्रम नाघेको छ ।
‘विश्वको औसत ताफक्रम १४ दशमलव ८ डिग्री पुगेको थियो । १८ शताब्दीदेखिको तापक्रम हेर्ने हो भने विश्वको तापक्रममा १ दशमलव ३ डिग्री तापक्रम बढी भएको पाइएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ । गत बिहीबार मात्रै सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार सन् २०१५ भन्दा सन् २०१६ मा शून्य दशमलव २ डिग्री तापक्रम बढेको छ । राजधानी
Previous Articleतौल बढेर चिन्तित हुनुहुन्छ,अपनाउनुहोस् यी उपाय
Next Article लोडसेडिङपछि उपत्यकाको पानी चुहावट रोक्ने अभियान