काठमाडौं, १७ पुस – नेपाल टेलिकमले आइतबार सार्वजनिक गरेको चौथो पुस्ता प्रविधि (फोर जी) सेवा आइफोन ६, ७ बाहेक सबैले उपयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले आइफोन सिरिज ६,७ फोनमा फोर जी नचल्ने बताए।
त्यसबाहेक एन्ड्रोइड फोनमा फोर जी सेवा सुचारु गर्न सकिने जानकारी दिए। ‘एप्पल आइफोनको ६ र ७ सिरिजमा पनि यो सेवा तत्काल उपलब्ध हुनेछैन’ उनले भने, ‘आइफोनमा पनि चल्ने व्यवस्था मिलाउन कम्पनीले छिट्टै पहल थाल्छ।’ कम्पनीको सेक्युरेटी फिचर्स अन्तर्गत लोकेसन इनेबल गर्न बाँकी सेटहरुमा अहिले फोर जी चल्नेछैन। आइफोनको ५ सिरज सम्ममा भने चल्छ ।
यसका लागि कम्पनीलाई पत्राचार गरिसकेकाले केही समयमै आइफोनका सबै सिरिजमा फोरजी चल्नेछन्।सेवा शुभारम्भको अवसरमा जनवरीभरि सेवा रजिष्टर्ड गर्ने ग्राहकलाई प्रतिदिन १ जिबीका दरले ४ दिनका लागि ४ जिबी निःशुल्क डाटा प्रदान गर्ने घोषणा कम्पनीले गरेको छ।फोर जी रजिष्टर्ड गर्न स्टार ४४४ ह्याज डायल गर्नुपर्छ।यदि रजिष्टर्ड हुन नमानेमा टेलिकमबाट नयाँ यु(सिम लिएर सेवा दर्ता गर्न सकिन्छ। टेलिकमले फोर जीको सेवा शुल्क नयाँ तोकेको छैन। सेवालाई अन्य शहरहरुमा विस्तारका लागि योजना बनिरहेको अधिकारीले बताए।
उनका अनुसार घरमा ५ सय १२ केबिपिएस गतिको इन्टरनेट चलाइरहेका छौँ। फोरजी सेवा लिएर हटस्पटका रूपमा एक्सेस गराई घरमा वाइफाई छोड्न सकिने टेलिकमले जनाएको छ। ‘फोर जी चलाउँदा इन्टरनेटको गति पनि बढी हुन्छ,’ अधिकारीले भने, ‘ठूल्ठूलो फाइल पनि सहजै डाउनलोड गर्न सकिन्छ।’
उनका अनुसार अहिले भइरहेको थ्रिजीबाट पनि फेसबुक, ट्विटर, भाइबरलगायत सामाजिक सञ्जाल चल्छन्। तर, यूट्युव र अत्यन्त ठूला आकार फाइल अपलोड तथा डाउनलोड गर्न, आवश्यकताअनुसार भिडियो कल गर्न, भिडियो हेर्नलगायत काम गर्न फोर जी जोड्नुपर्ने अधिकारी बताउँछन्।
नेपाल टेलिकमका अनुुसार बजारमा पाइने सबैखाले मोबाइल सेटमा भने तत्काल फोर जी सेवा चल्दैन। ‘एन्ड्रोइड भर्सनका धेरैजसो मोबाइलमा आजैबाट फोर जी सेवा सुरु गर्न सकिन्छ,’ उनले भने, ‘तर, आइफोनमा तत्काल फोर जी सेवा उपलब्ध गराउन सकिँदैन्।’ नेपाल टेलिकमले सोल्टी होटलमा एक कार्यक्रमबीच नेपालमा फोर जी सेवा सुरु गर्दै छ।
यु–सिममा मात्रै चल्ने
अधिकारीका अनुसार अहिले टेलिकमका झण्डै ३ लाख ५० हजार पोष्ट पेड प्रयोगकर्ताले यो सेवा लिन सक्नेछन्। तीन वर्षअघिकै पोष्टपेड सिम प्रयोग गरिरहेका ग्राहकले टेलिकमबाट युसिम लिएर मात्रै यो सेवा प्राप्त गर्न सक्नेछन्। युसिम सानो आकारमा उपलब्ध सिम हो।
तीन वर्ष अघि प्रयोगमा आएका सिमलाई युसिम बनाउन सकिने टेलिकमले जनाएको छ। ५० रुपैयाँ अतिरिक्त शुल्क तिरे पछि टेलिकमका शाखाले युसिम बनाइदिने अघिकारीले जानकारी दिए। अहिले काठमाडौं र पोखराका प्रयोगकर्ताले ५० रुपैयाँ तिरेर आफ्नो सिमलाई युसिम बनाउन सकिने टेलिकमले जनाएको छ।