गएको माघ महिनाको दोश्रो हप्ता भएको नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको बैठकको निर्णय तथा पार्टी केन्द्रको निर्देशन अनुसार एमाले म्याग्दीले संगठन सुदृढिकरणका लागि अभियान शुरु गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीको निर्देशन अनुसार माघ फागुन र चैत महिना भित्र जिल्लाका ४५ वटै वडा केन्द्रीत अभियान शुरु भएको हो । नेपाल कम्युनिष्ट पार्टी(एमाले)लेको केन्द्रीय कमिटीको निर्देशन बमोजिम माघ २५ गते देखि अभियान शुरु भएको छ । अभियानकै क्रममा नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ धौलागिरी गाउँ कमिटीको आयोजनामा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । गाउापालिका भित्रका महिलाहरुको उल्लेख्य सहभागितामा तालिम सम्पन्न गरिएको नेकपा एमाले म्याग्दीकी सचिव थमसरा पुनले जानकारी दिनुभयो ।
अभियानको पहिलो चरणमा २५ गते प्रदेश सभा समन्वय कमिटी (क) र २६ गते प्रदेश सभा समन्वय कमिटी प्रदेश (ख) को बैठक भएको थियो । त्यस्तै एमाले म्याग्दीले फागुन ३ गते भित्र छ वटै स्थानीय तह कमिटीको बैठक सम्पन्न गर्ने योजना अनुरुप रघुगंगा गाउँपालिका कमिटीको बैठक सकिएको छ भने बेनी र मंगलाको बैठक शुक्रबार हुने एमालेले जनाएको छ ।
नेकपा एमालेका सदस्य संख्या बढाउने तर सक्रिय सदस्यको मजबुती बनाउने यस पटकको अभियानको मुल मर्म रहेको छ । सदस्य संख्याको बढोत्तरी सँगै सक्रिय सदस्यको पनि बढोत्तरी हुने गरी अभियान थालीने नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
हरेक निर्वाचनमा एमाले पहिलो शक्ति हो र नतिजा पनि त्यही आउँछ अनि त्यही नतिजाका लागि अहिलेको अभियान हो । केन्द्रीय सदस्य थापाका अनुसार मिसन ८४ अन्र्तगत एमालेलाई निर्णायक राष्ट्रिय शक्ती बनाउने लक्ष्य सहित दोस्रो चरणको वस्ती तहको अभियानमा निक्लेको हो ।
आम जनता सँग भेटघाट बढाउने र उनीहरु सँगै मजबुत सम्बन्ध बनाउनका लागि पनि भेटघाट र घरदैलो गर्ने एमाले म्याग्दीले जनाएको छ । जिल्लाका ४५ वटै वडामा संसदी संयन्त्रको बैठक बसेर आवश्यक तयारी गरेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो । सबै सञ्चार क्षेत्र तथा सामाजिक सञ्जालको पनि सही प्रयोग गरे पार्टीलाई मजबुत बनाउने हाम्रो मुल मर्म हो उहाँले भन्नुभयो ।
अभियान अन्तरगत नै नेकपा एमाले म्याग्दीले चैत १६ भित्र वडा अधिवेशन प्रतिनिधि परिषद् सम्पन्न गर्ने भएको छ । त्यस्तै चैत ३० भित्र पालिका अधिवेशन प्रतिनिधि परिषद् र बैशाख २० भित्र जिल्लाा अधिवेशन प्रतिनिधि परिषद् सम्पन्न गर्ने भएको छ ।
जिल्ला भित्र तीन महिने अभियान अन्तरगत कमिटीको बैठक, भेला, प्रशिक्षण, सदस्यता नविकरण, अभिलेखीकरण, कार्यालय व्यवस्थापन र पार्टी विस्तार अभियानलाई तीब्रता दिँदै अगाडी बढ्ने एमले म्याग्दीले जनाएको छ ।