डाँडा माथि जून झरे, फूलले मुस्काए झैँ
शीतको चुम्बन पिएर, भमराले झुल्काए झैँ।
ओठमा ओठ मिलेर, अधरअधरमा रमाए
नयनमा नाँच देखाएर, सपनामा समाए।
चाहनाले बोल्यो बोल्यो, स्पर्शले खोल्यो खोल्यो
मायाले बाँध्यो बाँध्यो, अधरले घोल्यो घोल्यो।
नजर नजरमा रसायो, अधर अधरमा बसायो
तिम्रो मिठो सुवासले, मन भित्र महलसायो।
चुम्बनको रस झारेर, मुटुमा ज्वाला सल्कायौँ
सासैसासमा मिसाएर, अधर अधरमा गलायौँ।
– ई. नरोत्तम श्रेष्ठ,
भानु-९, तनहुँ९८४१२८७२५३