दलित एकताको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपालीहरुको सहभागिता” भन्ने उद्येश्य सहित सन २०१३ मा स्थापना भएको दलित एकता सञ्जाल नेपाल कतारको छैठौं अधिवेसनबाट नयाँ समिति चयन भएको छ ।
जनावरी३१मा भएको अधिवेशन एवंम विविध सांस्कृतिक कार्यक्रमबाट नयाँ समिति चयन भएको हो । दोहा स्थित सनैया -३३ फुलबारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको छैठौं अधिवेशनबाट अध्यक्षमा प्रकाश बिस्वाकर्मा चयन हुनुभएको छ । निर्वाचित नयाँ समितिको २०२५-२०२७ कार्यकाल रहने छ । समितिको वरिष्ठ उपाध्यक्ष बिमल परियार, उपाध्यक्ष कृष्ण ताम्राकार, उपाध्यक्ष दिपक कुमार बिक, महिला उपाध्यक्ष कोपिला परियार, महासचिव अमृत बिस्वाकर्मा, सचिव अम्बर बराइली, ऋषिराम बिस्वाकर्मा, महिला सचीव अनिता परियार, कोषाध्यक्ष छबिलाल परियार र सह -कोषाध्यक्ष सीता बि क रहनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरु बिष्णु कुमार बि क, टीका राम बराइली, प्रकाश परियार, प्रकाश परियार चयन हुनुभएको छ । त्यस्तै प्रदेश संयोजकहरुमा कोशी प्रदेश संयोजक डोरेन्द्र बिस्वाकर्मा, गण्डकी प्रदेश संयोजक टोपबहादुर बि क र कर्णाली प्रदेश संयोजक दिनेश रहेको प्रेम रसाइलिले जानकारी दिनुभयो ।